Thursday, June 30

भारी मतकासाथ राष्ट्रपति विद्यादेवीकी मितिनी मञ्जुदेवी उपमेयरमा विजयी

2022-05-25 140

कास्की । पोखरा उपमहानगरपालिकाको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी दास्र्रो कार्यकालका लागि दोहोरिएकी हुन् ।

मगलबार अबेर सम्पन्न मतगणनामा उनले गठन्धनका नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई फराकिलो मतान्तरले पराजित गर्दै गुरुङ उपमेयरमा विजयी भएकी हुन् । विजयी मञ्जुदेवी राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनिसमेत हुन् ।

मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याइन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत पाएकी छन् ।

मञ्जुमाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् ।उता मेयरमा भने गठबन्धनका उम्मेदवार बनेका धनराज आचार्य विजयी भएका छन् ।

भेरी अस्पताल पुनः उत्कृष्ट
नेपालगञ्ज, ११ जेठ (रासस):मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।

मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको बताइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा भेरी अस्पतालले ६७ अङ्क प्राप्त गरेर उत्कृष्ट भएको अस्पताललका मेडिकल सुपरिटेन्डेण्ट डा वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

मूल्याङ्कनका लागि मन्त्रालयका सहसचिवको टोली अस्पतालमा आउने र त्यसैका आधारमा अङ्क दिने गरिएको छ । गत वर्ष पनि भेरी अस्पताल ६१ अङ्क पाएर उत्कृष्ट भएकोे थियो । रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीका लागि भरोसाको केन्द्र मानिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्