Thursday, June 30

तारा एयर विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूले ५ दिन पछी बुझे शव आर्यघाटमा रोकिएन आँखामा आँशु (भिडियो सहित)

2022-06-02 197

काठमाडौं, १९ जेठ-तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ ।

सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।

शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो । स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको  धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

भिडीयो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्