Saturday, March 25

‘छोरीको बधाईको फोनले तीनदिनसम्म घाँस का:ट्न जान पनि पा’ईन’- सपना रोका मगरका बाबा आमा भन्नुहुन्छ (भिडियो सहित)

2020-12-04 1396

गएको बुधबार एका विहानै घाँस काट्न जाने तयारीमा रहेकी नरमायाँ रोकालाई फोनमा बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेको भन्दै छोरीको पहिलो बधाई आयो।विदेशबाट आएको फोनमा असल छोरीलाई जन्माउनुभएकोमा धेरै खुसी लागेर फोन गरेको बताउँदा नरमायाँको आँखा रसाए ।

‘स्वदेश विदेशबाट धेरै फोन आए,‘तीनदिनसम्म घाँस काट्न समेत जान पाइन’ नरमायाँले भनिन्। उनले गाउँलेहरुबाट समेत फोन नं मागेर फोन गर्न थालेपछि फोनमा बधाई सुन्दासुन्दै छोरीको बास्तविक सफलताका बारेमा जानकारी पाएको बताईन्।

दिनभरी करिब ३० जनाभन्दा बढीको फोन, गाउँका छिमेकी, आफन्तको नियमित भेटघाटले नरमायाँ निकै ब्यस्त भईन्।अर्कोदिन विहानै छोरीको बधाईसँगै उच्च शिक्षामा लगानी गर्ने प्रतिबद्धता सहितको फोन आयो। नियमित घाँसदाउरा, घरायसी काम, मेलापातमा जानुपर्ने नरमायाँ तीनदिनसम्म लगातार फोनमै ब्यस्त हुनुपर्यो ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

‘पहिलोपटक सन्तानको सफलताको बधाई पाइयो,‘छोराछोरीको सफलता अभिभावकका लागि अमृतजस्तै हो’ सपनाका बुबा जितबहादुरले भने । उनले श्रीमतिको मोवाईलमा लगातार छोरीको सफलताको बधाई आएको देखेर दंग परेको बताउँदै छोरीलाई बधाई दिन काठमाण्डौमै हिडेको बताए ।

‘मेलापात नगरी घरखर्च चल्दैन्,‘पशुचौपायालाई घाँस काट्न जानुपर्ने छोरीको सफलताको बधाई थाप्दाथाप्दै दिन वितेको पत्तै भएन्’ उनले भनिन् । म्याग्दीको मंगला गाउँपालिका–४ बुकेनीको समान्य परिवारमा जन्मिएकी सपना रोका मगर बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेपछि गाउँमा खुसीयाली छाएको छ।

जीवनको हरक्षेत्रमा छोराछोरीले सदैव सफलता हासिल गरोस् भन्ने चाहना अभिभावकको हुने बताउँदै जितबहादुरले सन्तानको नामबाट चिनिने अभिभावक भाग्यमानी भएको बताए । दुई छोरी र एक छोरामध्ये परिवारकी कान्छी सपनाको नामसँग म्याग्दी जिल्ला समेत आउने भएकाले म्याग्देलीकै नाम राखेको उनले बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

‘छोरीको खराब आनीबानी भएकासँग रमाउँदा समाजबाट बहिष्कृत हुने चिन्ताले सताउने गरेको थियो,‘अहिले छोरीले नै संसारलाई नयाँ सन्देश दिने काम गरेकी छन’ उनले भने । जितबहादुरका छोरा नविन रोका ७ बर्ष पहिलो मलेसियामा रहेका छन् । छोरालाई पटकपटक नेपाल फर्किन अनुरोध गरेपनि विभिन्न समस्या रहेको बताउँदै छोराको विवाह गरेपछि घरको सम्पूर्ण जिम्मेबारी दिएर छोरी सपनाको नजिक बस्ने चाहना रहेको बताए ।

‘खुसीले भात समेत खान रुचेन,‘एकदिन त भान्सामा केही पाकेन’ उनले भने । घरमा रहेका पशुचौपायालाई छिमेकीको जिम्मा लगाएर काठमाण्डौ हानिएका जितबहादुरले छोरीको अपुरो शिक्षालाई निरन्तरता दिने गरी सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

‘दुईबर्ष अगाडीसम्म छोरीको करिब जिन्दगीका सम्पूर्ण बाटा बन्द भएजस्तो लाग्थ्यो,‘अहिले उनको कामले जतापनि बाटैबाटो देख्छु’ जितबहादुरले भने । उनले सपनाले स्नातकोत्तरसम्मको पढाई सकेको हेर्न चाहेको बताए । सपनालाई प्रवासमा रहेका म्याग्देलीले उच्च शिक्षाका लागि आर्थिक सहयोग समेत जुटाइरहेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्