Sunday, September 25

अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च , बढ्यो अरू यी देशका मुद्राको भाउ..

2022-06-14 250

जेठ ३१अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च , बढ्यो अरू यी देशका मुद्राको भाउ..

-नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको छ। अमेरिकी डलर बढेर एक डलरको बिक्री दर १२५ नाघेको छ । यो दर अहिले सम्मकै उच्च हो ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०८ पैसा र बिक्री दर ३४ रुपैयाँ २४ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्