Thursday, June 30

अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च , बढ्यो साउदी,कतार,मलेसिया लगायत अरू यी देशका मुद्राको भाउ..

2022-06-17 273

-नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ। अमेरिकी डलर बढेर एक डलरको बिक्री दर १२५ नाघेको छ । यो दर अहिले सम्मकै उच्च हो ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ५३ पैसा र बिक्री दर १३० रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ०५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ३९ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्