काठमाडौं, ३ असार / सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ ह्जार ३०० रुपैयाँ कायम गरिएको छ ।
चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ ।
यो पनि..-नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ। अमेरिकी डलर बढेर एक डलरको बिक्री दर १२५ नाघेको छ । यो दर अहिले सम्मकै उच्च हो ।
यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ५३ पैसा र बिक्री दर १३० रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ०५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ३९ पैसा रहेको छ।
प्रतिकृया दिनुहोस्