Thursday, June 30

रवि लामिछानेको समर्थनमा युवाहरुको ओइरोः दिए यस्तो अभिव्यक्ती (भिडियो सहित)

2022-06-23 87

काठमाडौं । बहुचर्चित सञ्चारकर्मी चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने आसन्न संसदीय चुनाव लड्ने भएका छन् । लामिछानेले काठमाडौंबाट चुनाव लड्न ग्यालेक्सी टीभी छाडेका हुन् ।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका स्रोतले बताएको छ । बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।

टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् । आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।

’उहाँले आजको मीटिङमा टीभी छाड्ने र राजनीतिमा जाने कुरा गर्नुभएको छ, बाँकी भावनात्मक कुराहरू भए,’ ग्यालेक्सी टीभीका एक कर्मचारील भने, ’कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा भने केही बताउनुभएन ।’

उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो । अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भएपनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् ।

यस्तै रवि लामिछानेको समर्थनमा युवाहरुको ओइरोः दिए यस्तो अभिव्यक्ती बाँकी तलको भिडियोमै।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

यो पनि… काठमाडौंका मेयर बालेन शाहले आउँदो निर्वाचनमा सहभागी हुन मतदाता नामावली दर्ता गर्न आग्रह गरेका छन्।

बालेनले फेसबुकमा स्टाटस राख्द‍ै देश परिवर्तनको सबैभन्दा मुख्य भूमिका मतदान भएको बताउँदै निर्वाचनमा सहभागी हुने अवसर नगुमाउन अनुरोध गरेका हुन्।

‘स्थानीय निर्वाचनमा उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएर धेरैले निर्वाचनमा सहभागी हुने अवसर गुमाउनु भयो’ बालेनले भने ,‘यसपटक नगुमाउनुहोला।’

बालेनले असार १ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गराउन र सच्याउन सक्ने समेत बताएका छन्।

यस्तै, उनले स्थायी ठेगानाभन्दा बाहिरी जिल्लाहरूमा भएकाहरूलाई त्यहाँको निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न र सच्याउन सक्ने बताए।

निर्वाचन आयोगले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ।

 

प्रतिकृया दिनुहोस्