Tuesday, August 9

टाट पल्टियो आयल निगम, तेल किनेको पैसा तिर्न गर्दै यस्तो निर्णय

2022-06-28 131

काठमाडौ । लामो समयदेखि घाटा ब्यहोरी रहेको नेपाल आयल निगम टाट पल्टिएको छ । भारतबाट महँगोमा तेल किनेर नेपालमा घाटामा बेचिरहेको निगम टाट पल्टिएको हो ।

पूर्णरुपमा आर्थिकरूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण​ लिने भएछ । त्यसका लागि निगमले केन्द्रीय कार्यलय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण​ लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोधभर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ ।

यो पनि.. आज असार १३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १२५.६६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३२.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १५४.११ रुपैयाँ रहेको छ । उता अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३३.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.४९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५५ रुपैयाँ रहेको छ ।

हेर्नुहोस

प्रतिकृया दिनुहोस्