Tuesday, August 9

बालेनलाई काठमाण्डौँको फोहर व्यवस्थापनबारे हर्कले दिए यस्तो सुझाव

2022-06-28 1263

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाको फोहर ब्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ । फोहरकै कारण काठमाण्डौँ र नुवाकोटको सम्बन्ध चिसिन पुगेको स्थितिकाबिच अहिले स्थानीयसंग सहमति गरेर बञ्चरे डाँडामा फोहर फाल्न महानगरले अनुमति पाएको छ । त्यसपछि यो झगडा सामसुम छ । महानगरले पनि यो फोहरको स्थायी ब्यवस्थापनबारे बजेटमै व्यवस्थापन गरेर नीति बनाउँदै छ ।

महानगरले फोहर ब्यवस्थापनको विषयमा झेलेको समस्याबारे धरान उपमहानगर पालिकाका स्वतन्त्र मेयर हर्क साम्पाङ राईले पनि बालेन्द्र शाहलाई सुझाएका छन् । अन्य विषयमा यी दुई स्वतन्त्र मेयरबीच खासै कुराकानी र भेटघाट भएको भने देखिदैन । यस्तो अवस्थाकाबीच हर्कले बालेनलाई फोहरबारे सुझाएका हुन् ।

एक टेलिभिजनमा अन्तरवार्ता दिँदै उनले भनेका छन् ‘मेरो एउटा सल्लाह मिडियामार्फत् के छ भने त्यो बन्चरे डाँडामा आन्दोलन गर्दै त्यो गरिराख्नुभन्दा त्यहाँका मान्छेलाई सट्टा भर्ना कहिँ कतै दिएर, मुआब्जा दिएर, त्यो यरियालाई चाहिँ नो म्यान्स ल्याण्ड बनाएर । त्यहाँ चाहिँ फोहर मात्र ब्यवस्थापन गर्नुहोस् । त्यहाँका मानिसहरुलाई स्थानान्तण गर्नुहोस् । बालेन्द्र सरलाई सुझाव दिन चाहान्छु ।’

काठमाण्डौको फोहरले बञ्चरेडाँडाका स्थानीयले सास्ती खेपेका छन् । फोहरको दुर्गन्धले क्यान्सर रोगको सिकार भएको भन्दै यसको स्थायी ब्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् । अहिले महानगरले गन्ध नआउने रासायनिक झोल छर्केर स्थानीयलाई विरोध गर्नबाट रोकेको छ ।

यो पनि.. सुनसरी / धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान २० मा रहेको विष्णुपादुकास्थित पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धरानका जनताहरूले साथ दिएका छन् ।

केहीदिनदेखि पकुवा खोलाबाट पानी ल्याउन धराने जनताले स्वतस्फुर्तरुपमा श्रमदान गरिरहेका छन् । अझ रोचक त के छ भने धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन अन्य वडाका धरानबासीले जनश्रमदान गरिरहेका छन् ।

‘धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन सोही वडा र अन्य वडाका बासिन्दाको पनि श्रमदान गरेका थिय । धरान–८ बाट आएकी दुर्गादेवी राईले स्वतस्फुर्त धरानबासीको पानीको समस्या समाधान गर्नका लागि राहत पुगोस् भनेर श्रमदान गर्न आइपुगेको बताइन् ।

शनिबार सयौं जनता जनश्रमदानका लागि पुगेका थिए । धरान–६ पानबारी, धरान–१६, धरान–१५, धरान–८, धरान–१०, धरान–११, धरान–१७ का बासिन्दा बढी सहभागी भएको पाइएको थियोे । मेयर आफै पनि गीट्टी कुट्दै भेटिए।

हिजो शनिबार ट्याङ्की निर्माणका लागि मेयर साम्पाङसहित जनताले गिटी कुटे, वालुवा, सिमेन्ट, पाइप मात्रै बोकेनन् मसला बनाउन, मसला बोक्न पनि सघाए । केही धरानबासीले खाजा (चना, चिउरा, पेय पदार्थ, चिया, बिस्कुट, चाउचाउ) बोकेर समेत पुगेका थिए ।

यति काम गर्न करिब ५० लाख रुपैयाँ खर्च हुने र अहिले जनता लागेर सो रकम बचाएको बताए । मेयर साम्पाङले भन्छन्, ‘यहाँ बाटो थिएन, सवारी साधन आउन सम्भव थिएन तर पनि सयौं धराने जनताले जनश्रमदान गरेर सेवाभाव देखाए, यसको पनि गीत लेख्न सक्छु ।’

उनले धराने जनता यति विवेकी भएकोमा धन्यवाद समेत दिए । ‘मलाई मत खसाल्न होस्, विकासे कामका लागि धराने जनताको साथ पाएर अत्यन्तै हर्षित छु, अब धरान अघि बढ्छ ।’ त्यहाँ ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उनले केहीदिनभित्रै त्यहाँको पानी धरान ल्याइने बताए ।- शेखरनाथ जोगी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

प्रतिकृया दिनुहोस्