Wednesday, October 21

गलत रिपोर्ट दिने एबी ल्याबमा लग्यो ताल्चा, सात गाउँ ठग्ने श्याम परदेशीको खोजीमा ‘सिधाकुरा’ टिम सर्लाही पुग्यो (भिडियोसहित)

जाली तमसुक बनाएर ७ गांउका ३ सय परिवारलाई ठग्ने श्याम परदशीले दुई दर्जन बढी गांउका अन्य सयौ मानिसहरुलाई ठगेका रहेछन् ।

सर्लाही जिल्लाको विभिन्त्र गांउबाट पीडितहरु हाम्रो कार्यालय आएपछि हामीले यो विषयमा रिपोर्टिङ गरेका थियौ । हामीले रिपोर्टिङ गरेपछि श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण शाहालाई पटक पटक सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आएन्न् ।

श्याम परदेशीलाई खोज्न र जाली तमसुक बनाएर ठगिएकाहरुको अवस्था बुझ्न हामी सुर्लाहीको हरिपुर गांउमा पुग्यौ । हाम्रो टिम हरिपुर स्थित गिरीजादेवी चौधरको घर पुग्ने वित्तिकै उनि रुन थालिन् । श्याम परदेशीसंग उनका श्रीमान जयप्रकास चौधरीले १ लाख रुपयां लिएका छन् ।

एक लाखको कागज गरेर उनलाई ८० हजर रुपैयां दिएछ । ८० हजारको ब्याज गरेर उन्ले १ लाख रुपैयाँ बुझाई सकिन् तर अदालतले श्याम परदेशीलाई उनले ३० लाख दिनु पर्ने भनि पक्राउ पुर्जी पठायो । लेख्न पढ्न नजान्ने यो परिवार त्यो पुर्जी आएदेखि रोईरहेको छ ।
हरिपुरका जयप्रकास चौधरी मात्र होईन् सर्लाहीको, लालबन्दी, पोखरीया, असलमा, बयलवास, नवलपुर लगायत २५ गाउँका गरीब परिवारलाई जाली तमशुख बताएर ठगेका छन् श्याम परदेशीले ।

यो दुखानी चौधरीको घर हो । उनले पनि श्याम परदेशीसंग ३ लाख रुपैंया लिएकी थिईन् । त्यो तिरी पनि सकिन् ।

तर उन्लाई पनि जिल्ला अदालत सर्लाहीले श्याम परदेशीलाई ९० लाख तिर्नुपर्ने भनी पुर्जी काटेको छ । यति मात्र होईन १२ बर्षकी छोरी आफुसंग रात बिताउन पठाए सवै ऋण मिनाह गरिदिने समेत भनेको पीडितले यस अघिनै बताई सकेकी थिईन ।

श्याम परदेशी अहिले पनि गांउका केही व्यक्तिहरुलाई भेटी तिमीहरुले मिडियामा लविङ नगरे आफुले ऋण मिनाह गरिदिने बताईरहेका छन् ।

हरिपुरकै पानुदेवी सहानी उनका श्रीमान नायायण सहानी अहिले पनि लुकि लुकि हिडिरहेका छन् । ५ दिन अघि मात्रै उन्लाई खोज्न घरमा प्रहरी आईपुग्यो । उनिहरुले पनि श्याम परदेशीसंग २ लाख रुपयां लिएका थिए ।

पैसा तिरिसके तर अदालतको २५ लाख तिर्नु पर्ने भनि पुर्जी काटिएको छ । यसरी अदालतको पुर्जी काटिएका सय जना भन्दा बढी छन् ।

प्रहरीलाई प्रभावित पार्न सक्ने ठाउंहरुमा अहिले पनि श्याम परदेशी पीडितहरुलाई तर्साउन प्रहरीको दुरुपयोग गरिरहेका छन् ।
श्याम परदेशीबाट ठगिएकाहरुको उजुरीका आधारमा यस अघिका प्रमुख जिल्ला अधिकारीले श्याम परदेशीले ठगि गरेको भनि छानविन पनि गरेका थिए । तर श्याम परदेशी आज पनि भागिरहेका छन् ।

२०७३ साल ११ महिना ३ गते जिल्ला प्रशासन कार्यालयले १५ दिनमा उन्लाई उपस्थित गराउन प्रहरीले पत्र पठाएको थियो । एक बर्ष पुग्न लाग्यो प्रहरी श्याम परदेशीलाई समाउदैन उल्टो पीडितहरुलाई समाउछ् ।

यी त हरिपुरका केही प्रतिनीधि पात्र मात्र हुन् । श्याम परदेशीले ठगेको अन्य दुई दर्जन गाउँमा हामी पुगेकै छैनौ । हरिपुर पुग्दा पनि श्याम परदेशीले आफ्ना मानिस हाम्रो पछाडि पठाएका थिए ।

लुकी लुकी आफन्तकोमा बसिरहेका श्याम परदेशीले हाम्रो सम्पर्कमा आएका छैनन् भने प्रहरी प्रशासनको सम्पर्कमै छन् ।

२७ मिनेट पछाडिको भिडियोमा हेर्नुहोस् यो रिपोर्ट 

सिधाकुराः गलत रिपोर्ट दिने एबी ल्याबमा लग्यो ताल्चा, ७ गाउँ ठग्ने श्याम परदेशीको खोजीमा ‘सिधाकुरा’ टिम सर्लाहीमा !
गलत रिपोर्ट दिने एबी ल्याबमा लग्यो ताल्चा

हुँदै नभएको रोग देखाएर सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने ललिपुरको इमाडोल स्थीत एबी ल्याब जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ताल्चा लगाएको छ ।

ल्याब सञ्चालक विनोद कापरीले ललिपुरका कृष्णलाल श्रेष्ठले ल्याब टेष्ट पछि क्षयरोगको रिपोर्ट दिएका थिए ।

त्यही रिपोर्टका आधारमा चलाएको औषधीले नकरात्मक रियाक्सन देखाएपछि पुन जिन एक्सर्पट मार्फत चेक गर्दा उनलाई क्षयरोग नै नभएको पुष्टि भएको थियो । यो बिषयमा एबी ल्याव सञ्चाल विनोद कापरीसँग लाइभ कुरा गर्दा उनले आफ्नो ल्याबको गल्ती नभएको र उल्टो हामीले गलत रिपोर्टीङ गरेको आरोप लगाए ।

हामीले एबी ल्याबको बिषयमा रिपोर्टीङ गरेपछि ललितपुरस्थीत जिल्ला जनस्वास्थ्य कार्यालयको ध्यान आकर्षण गरायौँ । यस लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय ललिपुरबाट क्षयरोग विशेषज्ञसहित सरोकारवालाको टोलीले एबी ल्याबको अनुगमन गर्दा एबी ल्याब नै अवैध रहेको भेटिएको छ ।

एबी ल्याब संचालनका लागि स्वास्थ्य मन्त्रालय अन्तरगतका कुनै पनि निकायमा दर्ता भएको छैन । यति मात्रै हैनि ल्याबको लागि आवश्यक कुनै पनि पुर्वाधार छैन ।

साथै ल्याबले दिएको क्षयरोगको रिपोर्ट गलत भएको हामीेले यस अघिनै पुष्टि गरेका थियौ । जिल्ला जनस्वास्थ्य टोलिले समेत एबी ल्याबको विनोद कपारीले दिएको रिपोर्ट नै गलत भएको स्पष्ट पारे ।

एबी ल्याब अवैधानिक हुनुको साथै पुर्वाधार पनि नपुगेको भेटीएपछि अनुगमन टोलीले ल्याबको शिलबन्द गरेको छ ।

अनुगमन टोलि ल्याबको अनुगमनका लागि पुगेर पटक पटक विनोद कापरलाई बोलाउँदा समेत आँफु बाहिर रहेको भन्दै उनि आएन् ।

अब सम्पुर्ण कानुनी प्रक्रिया सुरु गरेर ल्याब सञ्चालकलाई आवश्यक कारवाही गरिने जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

९:४५ मिनेट पछाडिको भिडियोमा हेर्नुहोस् यो रिपोर्ट