Saturday, June 3

मिडियामा पहिलो पटक नायक धिरेन शाक्यसँग आइन छोरी जस्मिन..हेर्नुहोस् (भिडियो सहित )

2020-12-05 1692

काठमाडौ । अभिनेता धिरेन शाक्य दुई छोरीका पिता हुन् । उनको जेठी छोरी जम्मिन शाक्य पहिलो पटक मिडियामा आएकी छन् । उनी गीत गाउँछिन् तर पछिल्लो पटक भने उनलाई पनि फिल्ममा आउने रहर विस्तारै जागेको बताएकी छन् ।

उनका बुवा धिरेनले पनि फिल्ममा रुची भए छोरीलाई कुनै रोक तोक नभएको बताएका छन् । जस्मिनलाई आर्मी मन पर्छ त्यसैले फिल्ममा पनि उनलाई एक्सन गर्न मर्न पर्छ ।

अझै पनि धिरेन र महानायक राजेश हमालका बारेमा आउने गरेका विवादित कुराले भने जम्मिनलाई अनौठो बनाउँछ । आफ्ना साथीहरुले अहिले पनि सामाजिक सञ्जालमा राजेशको कुरालाई लिएर म्यासेज गर्ने गरेको बताएकी छन । जस्मिनको नामवाट धिरेनले आफ्नो घर, कम्पनी सबैको नाम छोरीकै नामवाट राखेका छन् ।

पहिलो पटक छोरी जन्मिदा निकै खुसी लागेको र छोरीको नाम जस्मिन पनि आफैले राखेको धिरेनले बताएका छन् । त्यसपछि आफ्नो सबै सम्पत्ती, कम्पनी छोरीकै नामवाट राखेको बताएका छन् ।

जस्मिनलाई सुरुमा नेपाली सिनेमा प्रति त्यती धेरै जानकारी नभएको र विस्तारै बुझ्न थालेको बताएकी छन् । उनलाई फिल्ममा आफ्नो बुवा र राजेश हमाललाई मात्र चिनेको बताएकी छन् ।

राजेश हमालसंगको कन्ट्रोभर्सीका बारेमा समाचार पढ्दा अहिले त्यस्तो केही नलाग्ने बताएकी छन् । त्यो पहिलाको कुरा हो, त्यती बेलाको फेज हो अहिले भने त्यसलाई लिएर केही लाग्दैन । त्यतीबेला सकारात्मक रुपमा हेर्न नसक्दा त्यस्ता कुरा आएका हुन् ।

त्यो कुरा उमेरका कारण पनि आएको होला भन्ने लाग्छ उनले भनिन्, हल्का घमण्ड आउनु स्वभाविक लाग्छ । उनी आफ्नो बुवाको मुड कस्तो छ भन्ने थाहा नपाउने बताएकी छन् । खुसी हो वा निरास त्यो हेरेर थाहा हुँदैन, छोरी जस्मिन भन्छिन्, इमोशन नलुकाइदिए हुन्थ्यो भन्ने लाग्छ ।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्