Tuesday, August 9

आफ्नै स्कुल बसले ठ, क्करबाट २ जनाको मृ, त्यु

2022-07-01 150

काठमाडौं /आफ्नै स्कुल बसले ठक्कर दिँदा मोरङमा २ बालबालिकाको मृ,त्यु भएको छ । मृ, त्यु हुनेमा रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।

स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला माउन्ट मकालु बोर्डिङ स्कुलको आफ्नै स्कुल बसले ठक्क दिएपछि हृतिकको घटनास्थलमै मृ,त्यु भएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृ,त्यु भएको हो ।

क्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए भने स्कुलको दुई वटा गाडीमा तोडफोड समेत गरेका थिए।

 

प्रतिकृया दिनुहोस्