Monday, October 2

रवि लामिछानेले घुमाए दिमाग,चुनावको लागि यो क्षेत्रबाट ओर्लिनेभए मैदानमा !

2022-07-05 479

काठमाडौँ – पूर्वसंचारकर्मी रवि लामिछानेको निर्वाचन क्षेत्र लगभग फिक्स भएको छ । संचारकर्म छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा होमिएका लामिछानेले काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभाको निर्वाचन लड्ने लगभग फिक्स भएको हो ।

अरु केही भव्यतब्य नभए एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने फिक्स भएको हो । श्रोतका अनुसार लामिछाने र उनको टीमले आन्तरिक एपमा काठमाडौँ २ भन्दा बाहिर मतदाता नामावली भए दुईमा सार्न अपिल गरेका छन् ।

‘मेरो श्रीमतीको माइतीघर दुई नम्बरमा पर्छ, विहे गरेर आएपछि ५ नम्बर भएको थियो ।’, रवि लामिछाने निकट श्रोतले भन्यो, ‘रवि लामिछाने दुई बाट उठ्ने भएपछि उनलाई उता सार्न लगाएको छु । उनका साथिहरुले पनि त्यसै गरेका छन् ।’

नयाँ बस्ति भएकाले चुनाव जित्न सजिलो हुने विश्वासका साथ रविले काठमाडौँ क्षेत्र नम्बर २ रोजेका हुन् । नेकपा एसका अध्यक्ष नेपालले रौतहटबाट लड्ने तयारी गरेको सूचनामा आधारमा लामिछानेले २ नम्बर क्षेत्र रोजेको श्रोतको दावि छ ।

प्रतिकृया दिनुहोस्