Monday, October 2

मेयर हर्क सम्पांग सडक पेटिमा मकै किनेको भिडियो भाइरल, मकै पल्ने आमालाई यसो भने (भिडियो सहित)

2022-07-17 1931

धरान/स्वतन्त्र तर्फबाट नगर प्रमुख (मेयर) जितेका हर्क साम्पाङ अहिले धरान उपमहानगरपालिकाको खानेपानी समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर रातदिन काममा तल्लिन छन् ।

चाँडै धराने जनतालाई शुद्ध खानेपानी खुवाउनको लागि जनतालाई श्रमदानमा खटाएर उनी दैनिकरुपमा आफू पनि उस्तैगरी काममा खटिएका छन् । पाइप बोक्ने, घन चलाउने, ढुंगा, गिटी, बालुवा बोक्ने काममा उनको आजभोलिको दैनिकी वित्ने गरेको छ ।

निर्वाचित भएदेखि नै कार्यालयभित्रको कामभन्दा पनि जनताका समस्या समाधानको लागि मैदानमा खटिएका उनी बजारको फोहरको पनि फोटो खिच्दै, सार्वजनिक गर्दै हिँड्छन् । यिनै कामका कारण उनी अहिले सबैभन्दा चर्चित मेयर बनेका छन् ।

उनको कामबारे प्रसंसा संगै आलोचना पनि भइरहेको छ । कतिपयले मेयर सानातिना कुरामा अल्झेरभन्दा पनि नीति बनाउनेतिर लाग्नु पर्ने भन्दै आलोचना गरिरहेका छन् । त्यस्तोे आलोचना गर्ने विरोधीहरुलाई मेयर हर्कले सामाजिक संजालमार्फत् जवाफ दिइरहेका छन् । यही सन्दर्भमा उनले आइतबार एउटा फेसबुक सन्देश लेखेर आलोचना गर्नेहरुलाई जवाफ दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा निकै सक्रिय हर्कले धरानको खानेपानी समस्या समाधानको लागि नगरबासीसंग काम गरिरहेको तस्विर शेयर गर्दै आफूलाई कुल्ली मेयरको संज्ञा दिएका छन् । अब कुल्ली मेयरको पावर कस्तो हुन्छ विरोधीहरुले छिटै देख्नेछन् भन्दै उनी लेख्छन् ‘कुल्ली मेयरको तर्फबाट सबैलाई नमस्कार । तर कुल्ली मेयरको निर्णय गर्ने र कार्यान्वयन गर्ने क्षमता अनि उसको असली स्वभाव र पावर देख्नेछन विरोधीहरुले छिटै । मेयर हर्कको मिहिनेत र काम गर्ने सरल तरिका देखेर अहिले राष्टिय अन्र्तराष्टिय सहयोग पनि जुटिरहेको छ ।

उनले अब चाँडै धराने जनताको खानेपानी समस्याको दीर्घकालिन समाधान हुने बताएका छन् । खरो अभिब्यक्तिको कारण चर्चामा आउने मेयर हर्कले नगरप्रमुखको गाडी खरिदको लागि आएको पैसाले रोलर किन्ने निर्णय गरेपछि थप चर्चामा छन् ।

काठमाडौंमा सडक पेटी मा ब्यापार गर्ने लाई धरपकड भैरहेको बेलामा उता धरानमा भने मेयर हर्क सम्पांगको भिडियो भाइरल भएको छ। हर्क सम्पांगले सडक पेटीमा मकै पोलेर ब्यापार गर्ने व्यापारीलाई सौहार्द पूर्ण व्यवहार गरेका छन्। जसका कारण उनले सामाजिक संजाल मा तारिफ पाएका छन्।

काठमाडौंका मेयर बालेन साह आलोचित भइरहँदा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले भने सडकपेटीमा पोलेको मकै किनेर खाँदै गरेको देखिएको छ । बाटोमा हिड्दै गर्दा वृद्ध महिलासँग मकै किनेको र काम सकिएपछि सफा गर्न समेत सम्झी बुझाइ गरेको मेयर सम्पांग को भिडियो सामाजिक सञ्जालमा आएको हो।

उक्त भिडियोको कमेन्टमा धेरै मानिसहरुले तारिफ गरेको छन् । मेयर साम्पाङले ती महिलालाई सडकको फोहोर व्यवस्थापन गर्न समेत अनुरोध गरेका छन् ।

भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्