Monday, October 2

प्रचण्ड गर्मी पसिनाले भिजेका मैला गनाउने लुगामा मेयर हर्क साम्पाङ्ग …

2022-07-23 768

सुनसरी । देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।

पकुवा खोलाको पानी सर्दुमा झारिसकेपछि अब निशाने खोलाबाट धरानमा पानी ल्याउने भएका छन् ।

खानेपानीको साथमा धरानलाई सुन्दर,ब्यवस्थित सहर बनाउनका लागि पनि हर्क लागि परेका छन् ।

मेयर साम्पांगले फेसबुकमा लेखेका छन् –

आह ! कति मिठो बासना दिनभर पसिनाले भिजेको मेरो मैलो लुगाको ! जय श्रमदान !

काठमाडौं । नेपाल टेलिकमले साउन १ देखि लागु गरेको समर अफर अन्तर्गत हाल केही नयाँ र आकर्षक अफर समेत उपलब्ध गराइरहे को छ । कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी गराएका छन् । नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ ।

२० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि रु. ४९ मा उपलब्ध छ । त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि रु. ४९ मा उपलब्ध छ ।

यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ । अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि रु. १५, २०० एसएमएस ३ दिनको लागि रु. २९ र ३०० एसएमएस २८ दिनको लागि रु. ९८ मा पठाउन सकिने छ ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम उपलब्ध गराइएको छ ।

सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।

पहिले उपलब्ध अधिकांश अफरहरुलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ । समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्