Monday, March 20

एकै पलमा सबै खुशी लुटियो ,३१ बर्षका खेमराज सुवेदीको यसरी जिन्दगीमै ग्रहण लगाइदियो (भिडियो सहित)

2022-07-24 1553

३१ बर्षका खेमराज सुवेदी पुर्वी नवलपरासीको कावासोतीमा सुवेदी इलेक्ट्रोनिक पसल चलाएर राम्रैसँग आफ्नो गुजरा चलाउदै आइरहेका थिए। २०७१ साउन २२ गते साँझ नारयणगडबाट सामान लेर फर्कदै गरेका खेमराज ट्रकले ओभरटेक र तरकारीको ठेलासँगै काटिदिंदा तरकारीको ठेलासँग ठोकिन पुगे त्यसपछीका यी ९ वर्ष कहिले अस्पताल त कहिले घर गर्दै बितिरहेको छ।

दुर्घटनामा आफ्नो नलीखुट्टाको हड्डी नराम्ररी भाचिन पुग्यो भने तरकारीको ठेलावाला र वाइकको पछाडीका दुबैको उपचार खर्च पनि आँफैले बेहोर्न पर्यो ।ठेलावाला र बाइकको पछाडी बस्ने त धेरै अगाडी ठिक भइसके तर खेमराजको भने दुर्घटनाले जिन्दगीमै ग्रहण लगाइदियो । उपाचारकै निम्ती खेमराजको सबै सम्पती सकेर अहिले ३५ लाखको ॠणको भारी पनि बोक्नु परेको छ।

उनकी श्रीमती भन्छिन अबत ॠण पनि गर्ने ठाँउ छैन आफन्त पनि टाढिए । नत उनको कसैले फोन नै उठाउछन् । भाँचिएको खुट्टाको मासु पुरै ड्यामेज भएको थियो यता उताको मासु काटेर टालटुल त पारियो तर सोचे जस्तो भएन । खुट्टा लगाइयको स्टिल पनि बाहिर देखिन्छ घाउ पाकिरहन्छ । ज्यान पनि सुक्दै गयको छ खुट्टाको हालत दिनहु बिग्रदै गइरहेको छ।

दुर्घटना पस्चात उनको उपचार चितवन मेडिकल कलेजमा गरिएको थियो तर त्यहाँ खुट्टा काट्नु पर्ने भनिएपछी काठमाण्डौको एक नामचलेको बिएनबी अस्पतालमा उपचार गरिएको थियो ।

बाँकी तलको भिडियोमा हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्