Monday, March 20

घामले डडेको दागलाई १ हप्तामा हटाउन अपनाउनुहोस यी सरल घरेलु उपायहरू

2020-12-05 2117

घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :

१. छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ।

२. घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस् ।
३. जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ ।

४. घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस्।
५. चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ ।

६. काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस् । यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ।

७. कालो चियामा पनि एन्टिअक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस् ।

८. पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो । तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ।

९.  कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस् ।

१०. उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस् ।
११. चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस् ।-ताजाखवर

प्रतिकृया दिनुहोस्