Saturday, June 3

केटाले केटालाई नै मण्डपमा सिन्दुर हालेर नेपालमा पहिलो पटक बिहे, पण्डित नै भए आ; श्चर्यचकित (भिडियो सहित)

2020-12-05 2140

काठमाडौ । रातोपाटी अनलाईनले एउटा अनौठो समाचार सार्वजनिक गरेको छ । भिडियो सहित सार्वजनिक गरेको सो समाचारमा केटा केटा बीचको विवाह देखाइएको छ । भिडियोमा एक जना बेहुला बनेका छन् भने अर्को वेहुली बनेका छन् । विधि पुर्वक पण्डित बोलाएर विवाह सम्पन्न भएको भिडियोमा देख्न सकिन्छ ।

शुक्रबार ललितपुरको कुपण्डोलमा भएको यो विवाह रातोपाटीले सार्वजनिक गरेपछि चर्चित भएको छ । पहिलो पटक दुई केटाबीच विवाह गराएका पण्डित पनि आफुलाई अचम्म लागेको बताएका छन् । उनले आफ्नो जिवनमा थुप्रै विवाह गराएको भएपनि यस्तो विवाह भने पहिलो पटक गराएको बताएका छन् ।

अनलाइनमा उल्लेख भए अनुसार रामेछाप घर भई हाल काठमाडौं थानकोट बस्ने सौरभ तामाङ (बेहुला) ले झापाका सुरज खत्री (बेहुली) लाई आफ्नो घरमा ल्याएका छन् ।

उनले सिन्दुर हालेर बिहे गरेका हुन् । सौरभले सिन्दुर मात्र हालेनन्, बिहेको जग्गेमा मंगलसुत्र पनि लगाइदिएका छन् । जसरी बिहे मण्डपमा केटा र केटीबीच बिधिपूर्वक बिहे हुन्छ उनीहरुले पनि बिधि सहित नै बिहे गरेका हुन् ।

अरुका छोराले महिलालाई बुहारी बनाएर ल्याउने सामान्य नियम भएपनि आफ्नो छोराले केटालाई नै बुहारी बनाउँदा आमा पनि खुसी नै छन् । आमाले छोराको खुसीको लागि सबै कुरा स्वीकार गरेको बताएकी छन् । उनले दुई जनालाई संधै मिलेर बस्ने शुभकामना पनि दिइन् । फोटो भिडियो बाट लिइएको ।–ताजाखबरबाट।

तलको भिडियो हेर्नुस …

प्रतिकृया दिनुहोस्