Saturday, March 25

सुन्दरी यी दुईको डान्स देखेर पत्रकार नै च:कित, भन्छन् एउटै घरको केटासँग बिहे गर्ने ( भिडियो सहित)

2020-12-06 1711

पूर्वाञ्चल धेरै प्रतिभा जन्माउने क्षेत्र । यो क्षेत्रबाट नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा धेरै प्रतिभाहरु जन्मिएका छन् र आफूलाई स्थापित गरिसकेका छन् ।

पूर्वाञ्चलकै भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ बर्षिया गायिका मेलिना मैनाली अहिले काठमाण्डौमा दौडधुप गरिरहेकी छिन् । उनले १५ बर्षको उमेरमा गाएको ‘छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे । दर्शक–श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८–९ वटा गीतमा स्वर भरिसकेकी छिन् ।

सानैबाट गीत गाउने रहर पलाएको थियो, मेलिनामा । ३ कक्षामा पढ्दादेखि नै गीत गाउन थालेकी उनको स्वरलाई साथीहरुले पनि खुबै तारिफ गर्थे । रेडियोमा गीत बजेको भरमा टपक्क टिपेर गीत गाइहाल्ने बानी थियो उनको । स्कुलबाट हुने विभिन्न प्रतिस्पर्धामा भाग लिन उनलाई नै पठाइन्थ्यो । जहाँ गएर गीत गाउँथिन्, सबैले ठूलो मान्छे बन्छ्यौ भन्थे उनलाई । ७ कक्षामा पढ्दा उनलाई अब सांगीतिक क्षेत्रमा नै करिअर बनाउँछु भन्ने लाग्यो । यसपछि भने उनले संगीतको कोर्ष समेत लिइन् । एसईई दिएपछि भने उनले स्टूडियोको माइक समातिन् ।

२ महिना अगाडि काठमाण्डौ आएकी मेलिना दशैंमा फेरि भद्रपुर नै फर्किनेछिन् । उनलाई काठमाण्डौ शहरमा गायनमा सफल हुनका लागि सजिलो छैन भन्ने लागेको छ । मेलिना भन्छिन्–‘मैले जसलाई भेट्छु, सबैले मेरो स्वरको निकै प्रशंसा गर्नुहुन्छ । तर, धेरैले यहाँ भाइरल गायक–गायिका खोज्नुहुनेरहेछ ।

तलको भिडियो हेर्नुहोस

 

प्रतिकृया दिनुहोस्