Saturday, December 3

चर्चित अभिनेता दयाहाङ राईलाई सन्तान लाभ..सुटिङ्ग सेटबाट दयाहाङ सिधै अस्पताल पुगे

2022-09-23 294

काठमाडौं । लोकप्रिय कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दयाकी पत्नि बेनुकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । जो अहिले १० वर्षका भइसकेका छन् ।

दयाका अनुसार अहिले आमा र बच्चा दुवै स्वास्थ्य राम्रो छ । उनले आँफु सुटिङबाट भर्खर अस्पताल आएको जानकारी दिँदै भने म भर्खरै आएको हुँ । परिवारमा नयाँ सदस्यको आगमनले निकै खुशी तुल्याएको छ ।

दया हाल ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘फूलबारी’ सेटबाट दयाहाङ सिधै अस्पताल पुगेका हुन् । अहिले उनी अस्पतालमै रहेर पत्नीको स्याहारमा लागिरहेका छन् ।

दया र बेनुकाको विबाह २०६५ सालमा भएको हो । उनकी पत्नि बेनुकाले गायिका हुन् । हाल उनी फिल्म ‘दुई नम्बरी’को प्रचार प्रसारमा पनि ब्यस्त छन् । दयाको फिल्म ‘दुई नम्बरी’ असोज २१ गते प्रर्दशन हुँदैछ ।

यो पनि…भारतीय चर्चित गायक जुबिन नौटियाल’लाई सामाजिक सञ्जाल ट्विट’रमा प:क्राउ गर्न माग भइरहेको छ ।

ट्विटर प्रगयोग’कर्ताहरूले अरेस्ट जुबिन नौटि’याल भनिरहेका छन् । अरेस्ट जुबिन ह्यास’ट्यागमा हजारौंले ट्वीट गर्दै मानिसहरूले जुबिनलाई पक्राउ गर्न माग गरेका छन् । जुबिन आफ्नो अमेरिका’मा हुने आगामी कन्सर्टका कारण ट्रोलरको निशा’नामा परेका हुन् ।

उनको आगामी कन्स’र्टको पोस्टर ट्विटर ट्रे’न्डिङमा परिर’हेको छ। पोस्ट’रमा सेप्टेम्ब’र २३ मा हुने कन्सर्टको जानकारी रहेको छ । उक्त पोस्टर रेहान सिद्दीकी नामका व्यक्ति’ले ट्वीटरमा सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले क्या’प्शनमा लेखेकी छन्, ‘मेरो मनपर्ने गायक आउँदै हुनु’हुन्छ। उत्कृष्ट प्रद’र्शनको प्रतीक्षामा , राम्रो काम जय सिंह।’

उक्त कन्स’र्टका आयोजक जय सिंहको नामका कार’ण जुबिन ट्रोलको सिकार बनेका छन् । साथै उनलाई पक्र’उ गर्न पनि माग भइरहेको छ । भारती’य सञ्चार माध्यमका अनुसार जय सिंह एक अपराधी हुन् जसलाई चण्डीगढ प्रह’रीले विगत ३० वर्षदेखि खो’जी गरिरहेको छ। जय सिंहमाथि लागु’औषध तस्करी र भिडियो पाइरेसी जस्ता ग’म्भीर आरो’प लागेका छन् । उनी पञ्जाबका हुन् तर, अहिले अमेरिकामा बस्दै आएका छन्।

जुबिन एक अपराधीसँग कन्सर्टमा जोडि’एको भन्दै सामा’जिक सञ्जालमा उनको आ’लोचना भएको हो । उनलाई सामा’जिक सञ्जाल प्रयोगकर्ताहरूले देश’द्रोहीको कन्सर्ट गर्ने देशविरोधी भएको आ’रोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्