Saturday, December 3

नालीमा भेटियो शिशुको शव

2022-09-25 214

सिरहाको गोलबजार नगरपालिकामा नालीमा फालिएको अवस्थामा नवजात शिशुको शव भेटिएको छ।
आइतबार बिहान गोलबजार-६ मा महिना दिन पुगिसकेको जस्तो देखिने शिशुको शव फेला परेको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार सालनालसहितको शिशु (छोरा)को शव भेटिएको हो।

स्थानीयले बिहान नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीले आवश्यक प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाएको छ।अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयको अनुमान छ। प्रहरीले यसबारे अनुसन्धान थालेको छ।

यो पनि.. अनुप बी ले दुई वर्षका छोराको खुत्रुके फुटा’एर पैसा निकाल्दै गर्दा उनकी श्रीमती उनी’सँग रिसा’उँदै चिच्याएकी थिइन् । तर श्रीमती’को रिसलाई बेवास्ता गर्दै अनूप बीले खुत्रुके’बाट ५० रुपैयाँ लिएर ओनम बम्पर लट’रीको टिक’ट किनेका थिए जसमा उनलाई २५ करोड (४० करोड नेपाली रूपैयाँ) को लटरी लाग्यो ।

“उनी रिसाएर भनि’रहेकी थिइन् कि चिठ्ठा’को टिक’टको लागि खुत्रुके तोड्नु ठीक होइन। तर जब मलाई चिठ्ठा परेको थाहा भयो, मैले पत्या’उनै सकिन। सुरुमा त मेरी श्रीम’तीले पनि पत्याइ’नन् । तर पछि उनी निकै खुसी भइन्।

अनूप’लाई यो लटरी टिकट पाउन ५०० रुपैयाँ चाहि’एको थियो तर ५० रुपैयाँ पुगेन । यो ५० रुपैयाँ उनले छोरा’को खुत्रुके तोडेर पूरा गरे । उनका अनुसार भोलि’पल्ट चिठ्ठाको ड्र निस्किने भएकोले उनीसँग अर्को विकल्प थिएन । तर, उनको यो प्रयास सम्पूर्ण परिवा’रका लागि भाग्यको बाकस खोले’जस्तै साबित भयो ।

यो पनि संयोग हो कि गत वर्ष ओनमको बम्पर लटरी टिकट अटो रिक्सा चालकको नाममा निस्कियो र अनूपले पनि अटो रिक्सा चलाउँछन् । केरलाको राजधानी तिरुवनन्तपुरमका अनूप बीको लाखौं रुपैयाँ ऋण पनि छ।

२९ वर्षीय अनुप भन्छन्, “म रेस्टुरेन्टमा काम गर्थें। केही समय दुबईमा पनि बसें। फर्किए’पछि यहाँ अटो रिक्सा चलाउ’न थालें। महिनामा २० देखि २५ हजार रुपैयाँ कमा’उने गर्थे। तर तीन महिना अघि काम छुट्यो।”

अटो रिक्सा चला’उने जागिर छुटे’पछि अनुपले शेफको जागि’र खोज्न थाले । उनले मले’सियामा मासिक ५० हजार रुपैयाँको रोज’गारी पनि पाएका छन् । त्यस’पछि उनले बैंकमा तीन लाख रुपैयाँ ऋणका लागि निवेदन दिए’का थिए ।

“लटरी निस्कनु एक दिन अघि बैंकको ऋण स्वीकृत भएको थियो। म अझै बैंक गएको छैन,” उनी भन्छन्।अनूप’लाई चिठ्ठा अचानक परेको होइन । उनले विगत सात वर्षदेखि लगातार चिठ्ठाको टि’कट किन्दै आएका छन् । यस’अघि उनले २ हजारभन्दा बढी जित्ने मौका पाएका थिएनन् । उनले भने, ‘पहिले बेला’बेलामा मात्र लटरीको टिकट किन्ने गर्थे तर पछिल्ला केही वर्ष’देखि नियमित टिकट किन्न थालेको छु ।’

लटरी जितेर के गर्ने भनेर सोध्दा अनूपले भने, ‘सबै’भन्दा पहिले ऋण तिर्छु, पाँच–छ लाख रुपैयाँ ऋण छ ।’ कर तिरेपछि र लटरी एजेन्टको कमिशन तिर्दा, अनूपले चिठ्ठा’बाट १५.७५ करोड रुपैयाँ पाउने’छन्। अनूपले बाँकी पैसाले के गर्ने – घर बनाउने, रेष्टुरेन्ट खोल्ने वा अरू केही गर्ने ?

अनुप बीले भने, “अहिले’सम्म केही सोचेको छैन। म अझै अचम्ममा छु। यद्यपि म पक्कै घर बनाउँछु, म खाँचोमा परेका’हरूलाई पनि मद्दत गर्नेछु। यस’बाहेक, म होटल पनि खोल्छु। तर यो सबै तब मात्र हुनेछ जब केरला सरकार’बाट लटरी पुरस्कार रकम प्राप्त हुनेछ।”

करोडौं जितिसके’पछि के अनूपले भविष्यमा पनि लटरीको टिकट किन्ने हो कि ? तुरुन्त जवाफ दिँदै अनुपले भने, “हो, म टिकट किनिरहन्छु।”केरला सर’कारले पनि लटरी टिकटको बिक्री’बाट ठूलो राजस्व पाउँछ। गत शनिबार’सम्म सरकारले ६६.५ लाख टिकट बिक्री गरेर करिब २७० करोड रुपैयाँ संकलन गरेको थियो । यो राजस्व पुर’स्कार पैसा र जीएसटी भुक्तानी कटाए’पछिको हो।

प्रतिकृया दिनुहोस्