Friday, February 21

यी हुन नेपाल आइडलको अडिसन राउण्ड मै यति मिठो गीत गाउने युवक, तारिफ गर्न जजहरुले शब्द भेटेनन् (भिडियो सहित)

यी हुन नेपाल आइडलको अडिसन राउण्ड मै यति मिठो गीत गाउने युवक, तारिफ गर्न जजहरुले शब्द भेटेनन् । “नेपाल आइडल” प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरू समक्ष यसको दोश्रो संस्करण एपिवान टेलीभिजनमा सुरु भएको छ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बासकोटा र इन्दिरा जोशी रहने नेपाल आइडलको प्रस्तोतामा भने रिमा विश्वकर्मासंग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् ।

मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको नेपाल आइडल सिजन २ मा शीर्ष विजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज अथवा ५० लाख नगद जित्न सक्नेछन् ।

बिहीवार प्रसारित पहिलो एपिसोडमा भैरहवा अडिसन प्रसारण गरिएको थियो भने शुक्रवार प्रसारित दोश्रो एपिसोडमा धनगढीको अडिसन प्रसारण गरिएको हो । धनगढी अडिसनमा थुप्रै प्रतिस्पर्धीहरू आएका थिए जसमध्ये कोही राम्रा त कोही नराम्रा थिए ।

हेर्नुहोस् भिडियो :