Wednesday, January 20

आमा प्रतिमाभन्छि न्, मायाको नाटक गरि गर्भवती बनाएर छोड्यो (हेर्नुस् भिडियो सहित)

2020-12-06 252

चितवन । बिहे गरेर, श्रीमती मानेर अनि गर्भवती पनि बनाएर अलपत्रै परेका धनगढीका अमृत परियारकी श्रीमती मिडिया आएपछि अमृतकी दिदी सम्पर्कमा आएकी छन् ।

अमृतकी दिदी र प्रतिमा पहिलादेखि नै एकअर्कासंग सम्पर्कमा भएको हुनाले उनलाई सम्पर्क गरिएको प्रतिमा बताउँछिन् । उक्त टेलीफोन सम्बादमा अमृतकी दिदीले धेरै कुरा बताएकी छन् ।

एक युट्यूवरसंग टेलीफोरवार्ता गरेकी अमृतकी दिदीले भाईले आफुलाई र कोही पनि घरका परिवारलाई यो कुराको जानकारी नदिएको खुलाएकी छन् । उनले आफुले पनि प्रतिमालाई फेसबुकबाट सम्पर्क गरेको बताएकी छन् ।

अमृतकी दिदीको भनाई अुनसार प्रतिमालाई आफुले घर आउभन्दा उनी नै आउन नमानेको पनि बताएकी छन् । यता प्रतिमाले भने कसरी जानु एक्लै ? भनेर नगएको बताएकी छन् । साढे चार महिनाको गर्भवावस्थामा नै अमृतले छाडेकी प्रतिमाले भने अहिले छोरीलाई जन्म दिएकी छन् ।

सुत्केरी अवस्थाबाटै आफ्नै श्रीमानलाई मिडियाको माध्यमबाट खोजी रहेकी प्रतिमाले अमृतकी दिदीलाई भेटाएकी छन् । उनै दिदीले पनि आफुले केवल घर देखाईदिने बाँकी अरु कुनै कुरामा सहयोग गर्न नसक्ने जवाफ दिएकी छन् ।

अमृतकी दिदीको भनाईमा अमृतले पहिला नै बिहे गरेका छन् । भाईको बारेमा खासै थाहा नभएको बताउने अमृतकी दिदी नातामा अमृतकी सानीआमाको छोरा पर्दछन् । उनलाई अहिले भाई कहाँ छ ? भन्ने बारेमा केही थाहा नभएको बताएकी छन् ।

दिदी बहीनीका छोराछोरी भएको हुनाले आफुलाई भाईको बारेमा खासै केही कुराको जानकारी नभएको उनकी दिदीले बताएकी छन् । उनले आफुहरुको भेट कहिले काहीँ मामाघरमा मात्रै हुने पनि बताएकी छन् । उता अमृत भने प्रतिमालाई छाडेर गएदेखि सम्पर्कमा आएका छैनन् ।

प्रतिमाले छोरी जन्माएको पनि आज १३ औं दिन भईसकेको छ । यो समयमा प्रतिमालाई अमृतको निकै नै खाँचो परेको छ । तर अमृतले भने सम्पर्क हुँदाका समयमा प्रतिमालाई आफ्नो बच्चा नभएको भन्दै अन्य कुराले धम्की दिएको प्रतिमाको भनाई छ ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्