मेयर बालेनको निर्देशनमा काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिला तामाङलाई धरानको मेयर हर्कले एक महिनाको तलब दिने घोषणगरेको छन्।
महानगरले ठेला खोसेको शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने घोषण गरेको हुन्। महानगरपालिकाले ठेलागाडा खोसेको शर्मिला ठकुरीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने भएका छन् । बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो ।
सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयलाई महानगर प्रहरीले बेवास्ता गरेको भिडियो भाइरल भइरहेको छ । महानगरपालिकाले पछिल्लो समय फुटपाथ र ठेलामा व्यापार गर्नेहरुलाई धरपकड बढाएको छ ।
नगर प्रहरीले ठेला खोसेर लैजाने क्रममा तामाङको विलौना देखेर शर्मिलालाई सहयोग घोषणा गर्नेहरु थपिँदै गएका छन् । त्यस क्रममा धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एक महिनाको तलब दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘यी बैनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिए पश्चात धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका थिए।
मेयर साङपाङले सामाजिक संजाल फेसबुकमा ‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!,’ भनि हिजो मात्र स्टाटस लेखेका थिए ।
आजै मात्र उक्त रकम ठेलावला शर्मिलालाई हस्तान्त्रण गरियको छ। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । साथै धरानका मेयरको यो कामको तारिफ गर्दै धेरैले मेयरको जयजयकार गरेको देखिन्छ। हेरौ उक्त भिडियो।
प्रतिकृया दिनुहोस्