Tuesday, September 29

मन्त्रीले दिए धमा-धम राजीनामा, तनावमा देउवा

काठमाडाैं । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूले राज्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले दाङलाई प्रादेशिक राजधानी बनाउन नसकेको हुँदा नैतिकताको आधारमा सोमबार नै सचिवालयमा गएर राजीनामा दिएको जानकारी दिए । दाङलाई प्रदेश नं. ५ को प्रदेश राजधानी बनाउनका लागि मैले इमानदारीपूर्वक पहल गरेको हुँ, तर, मेरो आवाज अग्रज नेताहरूले सुनेनन्,त्यसैले राजीनामा बुझाएको हुँ,’ नेपाली कांग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ को १ बाट निर्वाचित प्रदेश सदस्य समेत रहेका चौधरीले भने ।

 

चौधरीले आफूले राजीनामा दिएको बारेमा प्रधानमन्त्री र शीर्ष नेता सबैलाई अवगत गराएको बताए । ‘प्रधानमन्त्री रिसाउनु भयो, चुप लागेर बस्न भन्नु भयो, तरपनि मैले राजीनामा बुझाएको छु,’ राज्य मन्त्री चौधरीले भने । प्रदेश नं. ५ को केन्द्र भाग दाङलाई अस्थायी राजधानी नतोकेर भौगोलिक रूपमा अपायक पर्ने कुनोलाई राजधानी बनाउनु अन्याय भएको बताए ।

 

आफूले इमानदारीपूर्वक प्रयास गरेको भएपनि नेता बालकृष्ण खाँण लगायतको प्रेसरले गर्दा बुटवल अस्थायी राजधानी भएको उनले बताए । बुटवल राजधानी हुँदा दाङमा आन्दोलन गराउन भूमिका खेलेको भन्दै नेता खाँण लगायतका बुटवल क्षेत्रका नेताहरूले समेत आफूसँग असन्तुष्टि व्यक्त गरेको चौधरीले बताए । यसैबीच, उनले अब बन्ने प्रदेश सरकारले दाङलाई स्थायी प्रदेश राजधानी बनाउनु पर्ने बताए ।

 

‘दाङकै मुख्यमन्त्री बन्ने निश्चित छ र बहुमत वामकै छ , त्यसैले दाङ नै राजधानी बनाउनु हुन्छ भन्ने विश्वास छ,’ चौधरीले भने । राज्यमन्त्री चौधरीले आइतबार मात्रै अस्थायी राजधानी बुटवल गएर प्रदेश सदस्यको सपथ लिएका थिए ।

समाचार स्रोत:-पब्लिकआवाजबाट |