काठमाडौं । पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।
रमेशसँग आफ्नो विवाह हुन लागेको नन्दाले बताएकी छन् । यहि २२ गते धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् । राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश र कल्पना दाहालबीच केही अगाडि प्रेमको चर्चा मिडियामा चलेको थियो ।
एक लोकदोहोरी कार्यक्रममा सँगै दोहोरी गाएपछि रमेश र कल्पनाको नाम जोडिएको थियो । रमेश पछिल्लो समय लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।
अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । इन्द्रेणिमा दोहोरी गाउँदा गायक कल्पना दाहलसँग विवाह गर्ने कुरा गितमा समेटिएपनि गितमै सिमित हुने भएको छ ।
नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएको स्रोतले जनाएको छ । उनीहरुको विवाह मंसिर २२ गते धरानबाट हुने भएको छ ।
को हुन् नन्दा सिंह ?
नन्दा सिंह कर्णालीको कालिकोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एसएलसी उतिर्ण गरिन् । एसएलसी सकेर उनी काठमाडौँ आइन् । स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत तीन वर्ष देखि १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् ।नन्दाको सामाजिक काममा मात्रै होइन साहित्यमा पनि रुचि छ ।
कविता, गजल लेख्न निक्कै रुचि राख्ने नन्दा गीत पनि गाउछिन । नेत्रहीन क्रिकेट प्रतियोगितामा श्रीलङ्का पुगेर समेत जितेकी उनी आँखा देख्दिनन् तर क्रिकेटमा अब्बल छन् । बिहान बेलुका आफै खाना पकाउँछिन् । लुगा धुन्छिन्, भाँडा माझ्छिन् । सामाजिक सञ्जालमा उनको रुचि छ ।
यसरी भयो रमेश प्रसाई को साथी जीवनको विवाह ध रानमा भोली हुने भनियको बिहे आज केटी पक्ष र भोलि मण्रडपबाट गरिने रमेशले बतायका छन्।
पुरा हेर्नुहोस् भिडियोमा
प्रतिकृया दिनुहोस्