Monday, October 2

जुवा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना र घरबेटी १ जना गरि १८ जुवाडे प, क्राउ

2022-10-29 249

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा जुवा खेलिरहेको समयमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । हेटौंडा–६ का धुर्ब राईको घरमा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

उनीहरुको साथबाट प्रहरीले कौडा १७ थान, नगद ३१ हजार ८२० रुपैयाँ बरामद गरिएको उहाँले बताउनुभयो । कौडामा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना र घरबेटी १ जना गरि जम्मा १८ जनालाई नियन्त्रणमा लिइएको हो ।

कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी चौघडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

छठमा बागेश्वरी मन्दिरको तलाउ सजाइँदै
खजुरा, १२ कात्तिक (रासस) :
नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा प्रत्येक वर्ष छठ पूजा गर्नेहरुको संख्या बढ्दै गएको छ ।

छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताउनुभयो ।

भोलि छठ पर्वको मुख्य दिन हो । व्रतालुहरुले भोलि आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिनेछन् ।

सिंहका अनुसार हाल तलाउ छेउमा टेण्ट, बिजुली बत्तीको सजावट, बाजागाजा, सांस्कृतिक भजन मञ्चको व्यवस्थापन र सरसफाइको काम बिहानैदेखि सुरु भइसकेको छ ।

बागेश्वरी मन्दिर पार्कमा भजनसहितको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । भारतको कलकत्ताबाट आएका गायिका दीपिका ओझा र गायक विशाल ओझासहित नौ जनाको समूहले राति छठीमाताको भजन गीतसङ्गीतको कार्यक्रम गर्ने संयोजक सिंहले बताउनुभयो । सांस्कृतिक कार्यक्रम आइतबार साँझदेखि सोमबार बिहानसम्म हुनेछ ।

पहिले पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको साहित्यकार तथा पूर्वप्राज्ञ सनत रेग्मी बताउनुहुन्छ ।

नेपालगञ्जको रानीतलाउका साथै अन्य तालमा पनि छठको रौनक बढेको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखो एवम् अरवा अरवाइन खाने चलन छ भने दोस्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने चलन छ । साथै, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ ।

प्रतिकृया दिनुहोस्