Saturday, December 3

कसरी बुवाको उमेरका सँग फिदा भइन् अभिनेत्री जिया ?

2022-10-30 348

चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका कलाकार भुवन केसी अमेरिका छन् । उनी उमेरले पाका भएपछि तन्नेरी युुवतीसँग मस्ति गरिरहेका छन् । पछिल्ल समय उनी अभिनेत्री जिया केसीको सम्बन्धमा छन् ।

उनीसँग केसीको सम्बन्ध गोप्य छैन् । लामो समयदेखि लिभिङ टुगेदरमा रहेका यी जोडी विवाहकै तयारीमा रहेको भुवनले नै खुलाइसके। अहिले यो जोडी अमेरिकामा छन्। एक अवार्ड कार्यक्रममा सहभागी हुन भुवनसँगै जिया पनि अमेरिका पुगिन्।

भुवनले जियासँगको सम्बन्धलाई निर्णायक रुप दिने बताएका छन् । जहाँ-जहाँ भुवन पुग्छन् जिया पनि त्यही पुगिरहेकी छिन्। भुवनले आफ्नो सामाजिक सञ्जालबाट जियासँगका तस्बिर वा भिडियो सेयर गरेका छैनन्।

तर जिया केसीले मौका छाडेकी छैनन्। उनी जहाँ भुवनसँग हुन्छिन् भिडियो बनाएर पोस्ट गरिहाल्छिन्। जियाको टिकटक हेर्ने हो भने भुवनसँग अमेरिका भ्रमणमा गरेका मस्तिका भिडियोले भरिएका छन्।

केसीले यसअघि २ वटा विवाह गरिसकेका छन् । भुुवन केसीका छोरा अनमोल केसी पनि पछिल्लो समय युुवामाझ लोकप्रिय अभिनेता हुुन् । जियासँग भुुवनको उमेर तुलना गरेर हेर्दा उनी बुुवासरहका देखिन्छन् ।

मायामा उमेर हेरिदैन भनेको यही होला, सायद । उमेरले भुवन केसी ६५ बर्ष पुगेका छन् । भने जियाको उमेर निकै कम छ । के केसीले ६५ बर्षमा तेस्रो बिहे गर्दैछन् त भनेर चर्चामा छ ।

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर
ढोरपाटन (बागलुङ), १३ कात्तिक (रासस) :
ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र
मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् ।

पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरुको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका-१ का थिर्तराम गुरुङको भनाइ छ । उहाँले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताउनुहुन्छ ।

“१२/१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरु भेटिन्थे, अहिले १/२ वटा पनि भेट्याउन मस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ”, उहाँले भन्नुभयो, “तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो ।” गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरुको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ ।

त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भन्नुभयो, “घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?”

निसीखोला गाउँपालिका-६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउहुन्छ । यस्ता घरहरुलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उहाँको भनाइ छ । गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क संकलन गर्ने र पुनःनिर्माण गरि संग्राहलयको रुपमा विकास गर्न सकिने उहाँको सुझाव छ ।

घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरु यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उहाँको भनाइ छ । उच्च पहाडी क्षेत्रमा जनजाति समूदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरुमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उहाँको भनाइ छ । —धनकुटाखबर

प्रतिकृया दिनुहोस्