Saturday, December 3

महजोडीको फिल्म ‘महापुरुष’को आक्रामक व्यापार, कति कमायो त ?

2022-10-31 112

प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्म ‘महापुरुष’ बक्स अफिसमा आक्रामक रुपमा चलिरहेको छ । यो फिल्मले तिन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो ।

यो फिल्मले २ दिनमा साढे २ करोडको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । फिल्मले शुत्रबार देशभर १ करोडको ग्रस कलेक्शन गरेको निर्माताको भनाई छ । शनिबार फिल्मको व्यापार साढे १ करोड छ । २ दिनमा साढे २ करोड ग्रस कलेक्शन गरेको फिल्मले यो साता लगानी सुरक्षित गर्दै निर्मातालाई मुनाफाको बाटोमा डोर्याउने पक्का छ ।

फिल्मलाई दर्शकको बलियो वर्ड अफ माउथ समेत मिलेकाले लामो समयसम्म यो फिल्म चल्ने पक्का छ ।

आउँदो साता ‘लाखे’ नामक नेपाली फिल्म रिलिज हुनेछ । त्यसपछि पौषसम्म नेपाली फिल्मको लाइनअप छैन । जसकाकारण, यो फिल्म लामो समयसम्म चल्नेछ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली फिल्मका मुख्य कलाकार हुन् ।

यो पनि… नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६६ रुपैयाँ छ । बिक्री दर भने १३२.२६ रुपैयाँ रहेको छ ।

त्यस्तै युरो एकको खरिद दर १३१.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.८० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट बैकले तोकेको आजको बिदेशी मुद्राको बिनिमय दर लिष्ट हेर्नुहोस्

प्रतिकृया दिनुहोस्