Wednesday, September 30

महानगरीय प्रहरी कार्यालयका असई रेशम खड्का तीनलाख घुससहित पक्राउ “सिधा कुरा जनतासँग” आजको स्पेशल कार्यकम लाइभ हेर्नुहोस् (LIVE)

“महानगरीय प्रहरी कार्यालयका असई रेशम खड्का तीनलाख घुससहित पक्राउ”

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रेशम खड्का तीनलाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक खड्कालाई बालाजुबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) तीनलाख घुससहित पक्राउ परेका छन् । असई खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले सोमबार बालाजुबाट पक्राउ गरेको हो ।

बुटवलमा कार्यरत रहँदा असई खड्काले लेनदेन ब्यवहारको कागज बनाइदिन सहयोग गरेको र त्यसबापत तीनलाख घुस रकम मागेपछि नियन्त्रण लिइएको अख्तियारले जनाएको छ ।

असई खड्का बुटवलमा कार्यरत रहँदा त्यहाँ लेनदेनको ब्यवहारका लागि एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र त्यो कागज आफैंले राखेर अहिले फिर्ता गर्न तीनलाख मागेको खुल्न आएको छ ।

कागज फिर्ता गर्नका लागि रकम मागेपछि पीडितले असई खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत थिए ।

 

हेर्नुहोस आजको जनतासंग सिधकुरा