काठमाडौँ । बल्छी धुर्वे र राजु मास्टरले हास्य टेलिश्रृंखला मेरी बास्सै छोडेर नयाँ च्यानल सुरूवात गरेका थिए । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय टेलिश्रृंखला मेरी बास्सैमा अभिनयसँगसँगै निर्देशन पनि गर्दै आएका प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएको घोषणा गरे लगत्तै उनले आफ्नै च्यानलमा काम थाले।
कार्यक्रम उत्पादक मिडिया हबसँग केही कुरामा चित्त नबुझेपछि उनीहरु अलग भएका बताएका थिए । उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका थिए ।
तर, मिडिया हबले भने राजु मास्टर र बल्छी धुर्वे मेरी बास्सैलाई राम्रो बनाउनुको साटो यूट्युव कार्यक्रम निर्माणमा बढी व्यस्त हुन थालेको आरोप लगाएका थिए । उनीहरुले सहमतिमै टेलिश्रृंखला छोडेको मिडिया हबको भनाइ छ ।
करिब एक दशक अघि सुरु भएको यो श्रृंखला सीताराम कट्टेल (धुर्मुस) तथा केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । पछि उनीहरुमा पनि विवाद देखिएपछि बल्छी धुर्वे र राजु मास्टरले यसको जिम्मेवारी पाएका थिए ।
बल्छीले सुरूवात गरेको यो च्यानललाई तलको भिडियोले निकै दर्शक तानेको थियो। यसै भिडियोबाट उनको नयाँ च्यानललाई ठुलै मद्दत मिलेको देखिन्छ। यो भिडियो नै बल्छीको बिहे पछीको बढी हेरीएको भिडियो रहेको छ। एक बर्षमै बल्छीको नयाँ च्यानलमा अहिले करीब ९ लाख ५० हजार सब्स्क्राइवर जोडिएका छन्। अहिले रमाइलो टेलीसिरियल मार्फत दर्शकलाई भरपुर मनोरंजन दिदै आएका छन्।
प्रतिकृया दिनुहोस्