Saturday, December 3

गाडी तो,डफोड गर्नेलाई प्रहरीले सुरक्षा दिएको आरोप, जवाफमा प्रहरीले यस्तो भन्यो ? (भिडियो सहित)

2022-11-13 170

तोडफोडको भिडियो हुदापनि आक्रमणकारीलाई समात्दैन प्रहरी ।

काठमाडौं । घरदैलो कार्यक्रममा हिँडेका एक उम्मेदवारको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घरदैलो कार्यक्रममा प्रयोग गरिरहेको गाडीमा तोडफोड गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीले यसको पुष्टि गर्नुभयो । उहाँका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देख्न सकिन्छ । निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप सो पार्टीले लगाएको छ ।

तोडफोडबाट बा १४ च ७६८४ नम्बरको गाडीको सीसा फुटेको छ । केही कार्यकताहरु घाइते भएको भन्दै सो पार्टीले लामिछानेले गाडीमाथि आक्रमण गर्नेलाई प्रहरीले सुरक्षा दिइरहेको आरोप लगाएको छ ।

यता, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनजित तामाङले चुनावी प्रचारमा रहेका मानिसहरू चढेको गाडी तोडफोड भएको कुरालाई पुष्टि गर्नुभयो । उहाँका अनुसार सात वटा गाडीमा मानिसहरू चुनावी प्रचारमा गएका थिए ।

तीमध्ये अन्तिमको गाडीमा चढेका मानिसहरूले गठबन्धनको झन्डा रहेको अर्को गाडीमा सवार मानिसहरूलाई जिस्क्याएको कुरा प्रहरीको जानकारीमा आएको छ ।

त्यसपछि दुई पक्षबीच भनाभन र धकेलाधकेल भएको थियो । विवाद बढ्दै गएर गाडी तोडफोडसम्म पुगेको हो । गाडी तोडफोडमा संलग्न रहेका मानिसलाई प्रहरीले खोज्दैछ ।

भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्