Wednesday, October 21

नेपाली केयर गिभर खोज्दै जापानी रोजगारदाता टोली काठमाडौंमा ( पुरा विवरण सहित)

काठमाडौं । सक्षम केयर गिभरको खोजीमा जापानी रोजगारदाताहरु नेपालमा आईपुगेका छन् । चिनियाँ र भियतनामीको कामबाट चित्त नबुझेपछी र उनीहरुप्रति चासो घट्दै गएपछि जापानी रोजगारदाताले नेपाली केयर गिभर खोज्न थालेका छन् ।

 

जापानमा वृद्धवृद्धालाई उपयुक्त रेखदेख तथा स्याहारससार गर्नेको अभाव देखींदा जापानी रोजगारदाता टोलीले विभिन्न गन्तव्यमा केयर गिभर पठाउने नेपालका मेनपावर लगायत निकायसँग छलफल सुरु गरेको छ । आइतबार जापानी रोजगारदाता टोली र वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच जापानले खोजिरहेको केयर गिभर र उनीहरूको मापदण्डबारे छलफल गरेका छन् ।

 

पछिल्लो समयमा जापानमा वृद्धवृद्धाको संख्या बढिरहेको र उनीहरूलाई रेखेदेख गर्ने जनशक्तिको आवश्यकता चर्केको र नेपाली महिला र जापानी महिलाको स्वभावमा कैयौं समानता देखिएकाले नेपालतिर चासो बढेको जापानी रोजगारदाताको भनाइ रहेको छ ।

 

चीन र भियतनामबाट जापान पुग्ने केयर गिभरको चासो घट्न थालेपछि जापानी रोजगारदाताको ध्यान नेपालतिर आकर्षित भएको जापानको अर्को रोजगारदाता रिहिनोकितोकी अध्यक्ष मसाको आकामुमाले बताइन् । ‘चिनियाँ र भियतनामी कामदारको चासो घटेपछि जापानी रोजगारदाताले एसियाका फिलिपिन्स, इन्डोनेसिया, भारत जस्ता देशका नागरिक खोज्न पनि सक्थे,’ उनले भनिन्, ‘नेपाली महिला र जापानी महिलाको स्वभावमा कैयौं समानता देखिएकाले जापानी रोजगारदाताको चासो नेपालतिर भएको हो ।

 

जापानी रोजगारदाता अम्गासाले जापानको केयर गिभरका लागि वृद्धवृद्धाको रेखदेख गर्ने सामान्य तालिम लिएका र दश जोड दुई उत्तीर्ण गरेका महिला भए पुग्ने बताए । केयर गिभरका लागि जापान जान जापानीज भाषामा भने एन–४ अंक अनिवार्य प्राप्त गर्नुपर्ने र जापान पुगेको एक वर्षभित्र भाषामा सुधार गरी एन–३ अंक ल्याउनु पर्ने उनको भनाइ छ ।

from a2zkhabar.com