Saturday, December 3

भारतीय अभिनेत्री सुमोनाले नेपाली गीत ‘चियाबारीमा’ गाएपछि…

2022-11-19 113

एजेन्सी- ‘कपिल शर्मा शो’की अभिनेत्री सुमोनाले नेपाली गीत ‘चियाबारीमा’ गाउको भिडियो भाइरल बनेको छ । भारतीय टीभी जी(जेस्टले सार्वजनिक गरेको एक भिडियोमा सुमोनाले चियाबगानमा पुगेर चिया टिपिरहेका महिलालाई कुनै एक नेपाली गीत गाउन आग्रह गरेकी छन् ।

उनको आग्रहपछि ती महिलाहरुले नेपाली गीत ‘चियाबारीमा हो चियाबारीमा’ गाउँछन् । त्यसपछि उनीहरुसँगै उनले पनि सोही गीत गुनगुनाउछिन् । भिडियो हेर्दा यो टेलिभिजन कार्यक्रम छायांकनजस्तो पनि देखिन्छ ।

सुमोना द कपिल शर्मा शोबाट नेपालमा समेत चर्चित छिन् । गत साता दार्जिलिङमा उनी घुम्न आएकी थिइन् । चियाबगानमा पुगेर चिया टिपिरहेका महिलासँग भलाकुसारी गरेकी हुन् । शोमा उनी कपिल शर्माकी पत्नीको भूमिका पनि निर्वाह गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्