2020-12-07 1120
काठमाडौं । रिंकेबुङको राँगो’को गीतका गायक रमेश प्रसाई विवाहले प्रेमिका नन्दा सिंहसँग विबाह गरेका छन् ।
कालीकोटकी समाजसेवी नन्दा सिंहसँगको ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गरेका हुन् । रमेश र नन्दाले धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् ।
रमेशको विबाहका दृश्यहरु सार्वजनिक भइनसकेको भएता पनि ओएस नेपालले प्राप्त गरेको एक तस्विरमा उनी गायक तथा इन्द्रेणीका कार्यक्रम संचालक कृष्ण कँडेलसँग देखिएका छन् ।
उनी निकै खुशीको मुद्रामा देखिएका छन् । रमेशको विबाहमा उनकी प्रेमिका भनेर सामाजिक संजालमा ब्यापक चर्चा पाएकी कल्पना पनि पुगेकी छिन् । कल्पनाले सामाजिक संजालमा रमेश दाईको बिहेमा जान लागेको भनेर उल्लेख गरेकी छिन् ।
हेर्नुहोस् तलको भिडियोमा
प्रतिकृया दिनुहोस्