Saturday, December 3

जेरीले भनिन नौ रात रोएर बिताए, जेरिका भाई यसो भन्छन् (हेर्नुस भिडियो सहित

2022-11-20 245

लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । तर अहिले दुबैले डिभोर्स गरिसके । केहिदिन अगाडी जेरी छोरीकै निम्ति भए पनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहने संभावना रहेको जेरिले बताएकी थिइन् ।

तर खासमा डिर्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकर कै कारण सम्बन्धविच्छेद हुन् पुगेको केहि सामाजिक संजालमा भाइरल हुँदै गरेका भिडियोले बताइरहेको छ । दुवै जनाले मिडियामा आएर वैचारिक मतभिन्नता आएका कारणले अलग भएको बताउँदै आएका थिए। जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो।

उनीहरुको एक छोरी पनि छन्। दुवै जनाले जुनकिरी दोहोरी साझँ चलाउँदै आएका थिए। उता शंकर भन्छन, एकतर्फी रूपमा मलाई माया गर्छु भनेर मरिहत्ते गर्नुभयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखाउनुहुँदैन भनेर सँगै काम गर्दै जाँदा मलाई पनि माया लाग्न थाल्यो’, शंकर भन्छन् ।

शंकरका अनुसार जेरी केही समयदेखि लगातार माइतमा बस्दै आएकी थिइन् । यसले पनि सम्बन्धमा चिसोपना ल्याएको उनको भनाइ छ । आफूले सम्बन्ध अन्त्य गर्न चाहनुको वास्तविक कारण भने डिभोर्स फाइनल भएपछि मात्रै बाहिर ल्याउने उनले बताएका थिए । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।

बाँकी तलको भिडियोमा..

प्रतिकृया दिनुहोस्