Saturday, December 3

विश्वकप फुटबल कतारमा सुरु, यसरी मात्र हेर्ने सकिन्छ नेपालबाट ?

2022-11-20 490

दोहा । सन् २०१० मा अमेरिकालाई पछि पार्दै विश्वकप आयोजनाको अधिकार पाएसँगै निरन्तर आलोचित बनिरहेको कतारले अन्ततः विवादको १२ वर्ष पार गर्दै आजबाट विश्वकप २०२२ को आयोजना गर्दैछ ।

मध्यपश्चिमको मुस्लिमले राष्ट्रले पहिलो पटक आयोजना गर्न लागेको विश्वप अनेकौ विवादले आयोजना अघि नै सधै विवादको भुरीमा परिरह्यो ।तर फिफाका अध्यक्ष्य जियानी इन्फान्टिनाले विश्वकपमा सहभागी ३२ राष्ट्रलाई अन्य विवादमा भन्दा पनि फुटबलमा केन्द्रित हुन पत्राचार नै गरेको थियो ।

कतार र इक्वेडरबीच अल बयात स्टेडियममा हुने खेलसँगै विश्वपको औपचारिक सुरुआत हुनेछ । खेल नेपाली समय अनुसार राती ९ः४५ बजे सुरु हुनेछ ।

समूह ए मा कतारले इक्वेडरसँगै नेदरल्यान्ड्स र सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कप २०१९ को विजेता कतारले समूह पहिलो विश्वकप सहभागितामा समूह चरण पार गर्ने लक्ष्य लिएको छ ।

विश्वकप इतिहामा अहिलेसम्म एक पटक मात्र आयोजकले समूह चरण पार गर्न सकेको छैन । सन् २०१० मा दक्षिण अफ्रिकाको यात्रा समूह चरणमा सीमित भएको थियो ।जुन–जुलाईमा कतारको तापक्रम ५० डिग्रि सेल्सियस भन्दा माथि पुग्ने भएकाले पहिलो पटक नोभेम्बर–डिसेम्बरमा आयोजना हुन लागेको हो ।

शुक्रबार मात्र कतारले विश्वकप दौरान रंगशालामा मादकपदार्थको किनबेच र सेवनमा रोक लगाएको थियो । २९ दिन संचालन हुने प्रतियोगितामा फ्रान्स विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । विश्व फुटबलको महाकुम्भ २९ दिनसम्म संचालन हुनेछ ।

समूह चरणमा प्रत्येक दिन चार खेल हुनेछ । समूह चरण अन्त्य भएको भोलीपल्टबाटै नकआउट चरणको खेल सुरु हुनेछ ।चोटका कारण बलोन डी अर विजेता फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा, मिडफिल्डर पाउल पोग्बा, जर्मनीका टिमो वेर्नेर, इङल्यान्डका रिस जेम्स,सेनेगलका साडियो माने,पोर्चुगलका डिएगो जोटा, अर्जेन्टिनाका जियोभानी लो सेल्सोले कतार विश्वकप गुमाउनेछन् । म्यानचेस्टर सिटीका एर्लिङ हाल्यान्ड र लिभरपुलका मोहम्मल सलाह भन् यस पटक विश्वकपमा देखिने छैनन् ।नर्वे र इजिप्टले विश्वकपको टिकट काट्न सकेको थिएन ।

कसरी हेर्ने नेपालबाट ?

विश्वकप फुटबलका पुरै खेलहरू हेर्न ५६५ रूपैयाँ शुल्क तिरेर हिमालय प्रिमिमय च्यानलको ग्राहक हुनुपर्नेछ तर विश्वकप फुटबलका उद्घाटन, सेमिफाइनल र फाइनलका खेल हेर्न भने शुल्क तिर्नु पर्ने छैन् ।

हिमालय टिभी एचडी मार्फत शुल्क नतिरेर निःशुल्क रूपमा विश्वकप फुटबलका उद्घाटन, सेमिफाइनल र फाइनलका खेल हेर्न सकिने छ । विश्वकप फुटबल मोबाइल हेर्न पाइने छैन् । यस पटक टेलिभिजनबाट मात्रै विश्वकप फुटबल हेर्न सकिने व्यवस्था मिडिया हबले गरेको छ ।

भाया टिभी, नेट टिभी, क्लियर टिभी, डिशहोम, सिमटिभी, डिशहोम आईपी टिभी, स्काई, डोइनटिभी, युनिकटिभी, ब्रोडटिभी, म्याक्स नेटटिभी, एनटीटिभी, मेरो टिभी, स्काइकम लगायतमा हिमालय प्रिमियम टिभी उपलब्ध छ । वर्ल्डकप प्याकेज खरिद गरेर विश्वकपका सबै खेल हेर्न सकिने छ ।

इसेवा, खल्ती, फोन पे लगायका वालेटबाट अनलाइनबाटै शुल्क तिरेर हिमालय प्रिमियमको गाहक बन्न सकिने छ भने केबल प्रसारकका स्थानीय डिलरमार्फत् भुक्तानी गरेर हिमालय प्रिमियमको ग्राहक बन्न सकिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्