Tuesday, September 29

भारतले मिचेको ५० बिघा नेपाली भूमिमा वाइसिएलले गाड्यो नेपाली झण्डा (तस्बिरमा हेर्नुस)

काठमाडौं । पर्साको छपकैया सीमा क्षेत्रमा भारतले मिचेको भनिएको ५० बिघा नेपाली भूमिमा नेकाप माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) को नेतृत्वमा नेपाली झण्डा गाडिएको छ ।


वाइसिएल अध्यक्ष दीपशिखाको नेतृत्वको टोलीले मंगलबार भारतद्वारा सीमा अतिक्रमण गरिएको स्थानमा नेपाली झण्डा गाडेको हो ।

जंगेपिलर गाड्ने क्रममा ५० बिघा नेपाली जमिन भारततर्फ परेको खबर सार्वजनिक भएसँगै सरकारले नापी विभागको महानिर्देशकको नेतृत्वको छानबिन टोली पनि गठन गरेको छ ।