Saturday, December 3

विश्वकप फुटबलः साउदीरबले नमजाले हरायो अर्जेन्टिनालाई..

2022-11-22 62

कतारमा भइरहेको विश्वकप फुटबलमा अर्जेन्टिनाले लज्जास्पद हार बेहोरेको छ।

आज भएको खेलमा विश्वकप उपाधीको दाबेदारको रुपमा हेरिएको अर्जेन्टिना समूह सी मा कमजोर मानिएको साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफमा अर्जेन्टिनाको लियोनल मेस्सीको पेनाल्टीमा अर्जेन्टीनाले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा साउदीले थप २ गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्‍यो।

साउदीका सालेह अल–शहरीले ४८ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरी गोलपछि आक्रामक देखिएको साउदीले लगत्तै ५ मिनेटपछि सलेम अल–दोसारीकोे गोलमा २–१ को अग्रता बनायो।

अघिल्लो वर्ष कोपा अमेरिका उपाधि जित्दै विश्वकपमा बलियो दाबेदारीको रुपमा प्रस्तुत भएको अर्जेन्टिना साउदीसँगको हार बेहोर्न पुगेको हो।

हारसँगै लिओनेल मेस्सीसामु करिअरमा अन्तिम पटक विश्वकप जित्ने अवसरमा पनि धक्का लाग्ने देखिएको छ। ग्रुप सी मा सबैभन्दा कमजोर मानिएको साउदीसँगको हारसँगै समूहमा बलियो मानिएका मेक्सिको र पोल्याण्ड अर्जेन्टिनासामु कडा चुनौतीका रुपमा खडा भएको छ।

आज साउदी अरेबियाविरुद्धको खेल जितेर अर्जेन्टिना इटलीको कीर्तिमानसँग बराबरी गर्न चाहन्थ्यो। लगातार ३७ अन्तरराष्ट्रिय खेल जितेर इटलीले सर्वाधिक खेलमा अपराजित रहेको कीर्तिमान बनाएको थियो।

यसअघि ३६ अन्तरराष्ट्रिय खेल जितिसकेको अर्जेन्टिना पनि आजको खेल जितेर इटलीको कीर्तिमानसँग बराबरी गर्न चाहन्थ्यो। तर साउदीसँगको अप्रत्याशित पराजयले अर्जेन्टिना कीर्तिमान बनाउन मात्र चुकेन‚ विश्वकपको दोस्रो चरणसम्मको यात्रा नै कठिन भएको छ।

यो पनि… आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “
नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आजको मुद्राको दर यसप्रकार रहेको छ………


Word

प्रतिकृया दिनुहोस्