Saturday, December 3

रामकुमारी झाँक्री एमालेका गोकर्ण विष्टसँग हारिन्, यस्तो मतान्तर…

2022-11-23 64

काठमाडौं। गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्टले २२ हजार ६८४ मतसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत ल्याएर पारजित भएकी हुन् । त्यस्तै एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीले खाता खोलेको छ ।

रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् ।

यस्तै काठमाण्डाै – प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । २८ वर्षीय गौचनले एमालेका ६० वर्षका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतले हराउनुभएको हो ।

गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गर्नुभएको छ भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुनुहुन्छ ।

२०७४ को चुनावमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गर्नुभएको थियो । निर्वाचन आयोगले मतपरिणाको घोषणा भने गर्न बाँकी रहेको छ । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याउनु भएकाे छ ।

यो पनि… सन् २०२३ मा नेपालको लागि कृषि तथा पशुपालन तर्फको फाराम यहि डिसेम्वरको पहिलो सात सम्ममा खुल्ने भएको छ। कोरोना भाइरको विश्वव्यापी महामारीको कारण लामो समय सम्म कामदार भित्रयाउन नसकेको कारण हाल दक्षिण कोरियामा कामदार अभावको समस्या रहदै आएको छ।

उक्त समस्यालाई मध्यनजर गरि एच आर डी कोरियाले सन् २०२३ को कृषि तथा पशुपालन तर्फको ईपिएस भाषा परिक्षा जनवरी देखि शुरु हुने र सो को लागि फाराम यहि डिसेम्वर पहिलो हप्ता सम्म खुल्ने गरि छलफल भैरहेको एच आर डी कोरया नेपालको प्रमुख किम उन दकले बुटवलमा सम्पन्न एक कार्यक्रमा जानकारी गराउनु भएको छ।

अंकुर नेपालको आयोजना तथा एच आर डी कोरया नेपालको प्रायोजनमा बुटवलमा सम्पन्न एक वर्तमान ईपिएस सम्वन्धि कार्यक्रमा बोल्दै उहाले सन् २०२२ को ईपिएस भाषा परिक्षा विषेशत सम्पन्न भएको तथा सन् २०२३ को ईपिएस भाषा परिक्षा बारे जानकारी गराउनु भएको हो।

साथै किमले सन् २०२३ को कृषि तथा पशुपालन तर्फको सिप परिक्षा पनि नहुने जानकारी गराउनु भएको छ तर उत्पादन तर्फको भने सिप परिक्षा समेत हुने छ। साथै २०२३ को लागी कृषि तथा पशुपालन तर्फ ६ हजारको हाराहारीमा कोटा तय हुनेछ। कृषि तथा पशुपालन तर्फको परिक्षा सकिय लगतै उत्पादन तर्फको पनि परिक्षा हुनेछ।

यो पनि.. एजेन्सी- ‘कपिल शर्मा शो’की अभिनेत्री सुमोनाले नेपाली गीत ‘चियाबारीमा’ गाउको भिडियो भाइरल बनेको छ । भारतीय टीभी जी(जेस्टले सार्वजनिक गरेको एक भिडियोमा सुमोनाले चियाबगानमा पुगेर चिया टिपिरहेका महिलालाई कुनै एक नेपाली गीत गाउन आग्रह गरेकी छन् ।

उनको आग्रहपछि ती महिलाहरुले नेपाली गीत ‘चियाबारीमा हो चियाबारीमा’ गाउँछन् । त्यसपछि उनीहरुसँगै उनले पनि सोही गीत गुनगुनाउछिन् । भिडियो हेर्दा यो टेलिभिजन कार्यक्रम छायांकनजस्तो पनि देखिन्छ ।

सुमोना द कपिल शर्मा शोबाट नेपालमा समेत चर्चित छिन् । गत साता दार्जिलिङमा उनी घुम्न आएकी थिइन् । चियाबगानमा पुगेर चिया टिपिरहेका महिलासँग भलाकुसारी गरेकी हुन् । शोमा उनी कपिल शर्माकी पत्नीको भूमिका पनि निर्वाह गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्