Saturday, December 3

गोकुल बास्कोटाले पहिलोपटक लिए अग्रता

2022-11-23 82

काठमाडौं । मतगणनाको सुरुदेखि नै पछि परेका नेकपा एमालेका नेता गोकुल बास्कोटा झिनो मतले अगाडि आएका छन् ।बेथानचोक गाउँपालिका, बनेपा नगरपालिका र पनौतीका दुई वडाको गणना सकिदा बास्कोटाले २७६ मतको अग्रता लिएका छन् ।उनले १७ हजार ५२ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवार शिव हुमागाईंले १६ हजार ७७६ मत पाएका छन् ।

रौतहट – रौतहट क्षेत्र नम्बर १ मा ५ हजार १ मतान्तरसहित एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपालले अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मत गणनाअनुसार नेपालले २३ हजार ८ सय ४० मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले १८ हजार ८ सय ३९ मतसहित पछ्याइरहनुभएको छ । यस्तै रौतहट क्षेत्र नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार किरण साहले अग्रता बनाउनुभएको छ ।

उहाँ नेपाली कांग्रेसका फरदोस आलमभन्दा १५ सय ३२ मतले अघि हुनुहुन्छ । साहले १३ हजार ७८० मत पाउनुभएको छ भने कांग्रेसका आलमको १२ हजार २४८ मत रहेको छ ।

यस्तै रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता कायम राख्नुभएको छ । अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालभन्दा प्रभु साह २२ सय ८८ मतले अघि हुनुहुन्छ । साहले १३ हजार १ सय ५३ मत प्राप्त गर्नुभएको छ भने जयसवालको १० हजार ८ सय ६५ मत रहेको छ ।

रौतहट ४ मा भने नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमिल्सिनाले अग्रता कायम राख्नुभएको छ । उहाँ २० हजार ३१ मतान्तरसहित एमाले उम्मेदवार उद्धव रेग्मीभन्दा अघि हुनुहुन्छ ।

तिमिल्सिनाले १९ हजार ७४ मत पाउनुभएको छ भने रेग्मीले १७ हजार ४३ मत पाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्