धरान नै पुगेर रवि लामिछाने रमेश प्रसाईलाई दिए विबाहको शुभकामना
काठमाडौं । रिंकेबुङको राँगो’को गीतका गायक रमेश प्रसाई विवाहले प्रेमिका नन्दा सिंहसँग विबाह गरेका छन् ।
कालीकोटकी समाजसेवी नन्दा सिंहसँगको ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गरेका हुन् । रमेश र नन्दाले धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् ।
रमेशको विबाहका दृश्यहरु सार्वजनिक भइनसकेको भएता पनि ओएस नेपालले प्राप्त गरेको एक तस्विरमा उनी गायक तथा इन्द्रेणीका कार्यक्रम संचालक कृष्ण कँडेलसँग देखिएका छन् ।
उनी निकै खुशीको मुद्रामा देखिएका छन् । रमेशको विबाहमा उनकी प्रेमिका भनेर सामाजिक संजालमा ब्यापक चर्चा पाएकी कल्पना पनि पुगेकी छिन् । कल्पनाले सामाजिक संजालमा रमेश दाईको बिहेमा जान लागेको भनेर उल्लेख गरेकी छिन् ।
हेर्नुहोस् तलको भिडियोमा
यो पनि.. रमेश बेहुला हुदा यति राम्रो देखियो..बेहुली लजाइन् हेरौ (भिडियो सहित)
प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्ने भएका छन । उनीहरु दुवै दृष्टिविहिन हुन् । आज सोमबार का दिन दुवै को विवाह भब्य हुनेभएको छ । आज बिहेकै दिन भनेर नन्दा पनि भरिभराउ भएर सजिएकी छिन ।
नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।
अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्