Saturday, June 3

सुहागरातमा श्रीमतीले पतिलाई हातमा दुध लिएर कोठमा छिरेकी मात्र के थिइन् ….

2022-11-29 758

त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूष’सँग नजिक हुँदै थिएँ। मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए।

म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठा’मा प्रवेश गरेँ। त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ। तर मैलै सोचेकै थिइनँ एउटा कहालीलाग्दो आश्चर्य मलाई पर्खिरहेको थियो। वास्तवमै एउटा भयङ्कर निराशाजनक।

कल्पनामा म कोठा छिर्दा मेरा पतिले मलाई दह्रो’सँग अंगालो मारून् भन्ने चाहन्थेँ, निस्सासिने गरी चुम्बनहरू गरून् भन्ने सोच्थेँ र रातभर मलाई माया गरून् भन्ने चाहन्थेँ। तर वास्त’विकतामा म कोठामा पुग्दा उनी निदाइसकेका थिए।

म ३५ वर्षकी थिएँ र मसँग शारी,रिक सम्पर्क गरेको अनुभव थिएन। त्यो अस्वीकार्यता एकदमै पीडादायी थियो। कलेजको बेला र काम गर्दा मैले धेरै केटा र केटीहरू सम्झनलायक गहिरो मित्रतामा परेको देखेँ। उनीहरू एक अर्काको काँधमा टाउको राखेर बस्थे, एकअर्काको हात समाएर हिँड्थे र मैले डाह गर्थेँ। के मलाई पनि जिन्दगीमा त्यस्तो साथीको चाहना थिएन ?

मेरो मुटु प्रेम र चाहनाका लागि जलिरहन्थ्यो। तर म एक्लोपनले घेरिएकी थिएँ। बेला–बेला मलाई लाग्थ्यो कि म मोटी भएकीले यस्तो भएको हो। के पुरूषहरू मोटी महिलालाई घृणा गर्छन् ? के मेरो तौल नै मैले विवाहका लागि उपयुक्त केटा नपाउनुको कारण हो ? के म साँच्चै नै जीवनभर एक्लै रहनुपर्छ ?

के म सधैँ कुमारी नै रहन्छु ? यस्ता प्रश्न हरू हरबखत मेरो दिमागमा खेलिरहन्थे। अन्ततः जब म ३५ वर्षकी भएँ। कसैगरी ४० को दशकका एक पुरूष विवाह गर्न आए। हाम्रो कुरा छिन्ने बेलामा मैले मेरा भावना उनीसँग व्यक्त गरे। तर उनले न ध्यान दिए न त जवाफ।

उनी अत्तालिएको जस्तो लाग्यो। भुइँतिर निहुरिएर उनी चुपचाप बसिरहे, टाउको पनि खासै माथि उठा’एनन्।

मैले सोचेँ पुरूषहरू अचेल महिला भन्दा बढी लजाउन थालेका छन् र मेरा हुनेवाला पति पनि अपवाद रहेनछन्। तर बिहेको रात म अलमलमा परेँ। मलाई थाहा छैन उनले किन त्यस्तो व्यवहार देखाए। जब मैले भोलि’पल्ट सोधेँ, उनले भने– मलाई सञ्चो भएन। तर केही पनि परिवर्तन भएन। हाम्रो दोस्रो, तेस्रो र कैयौँ रातहरू त्यस्तै रहे।

मैलै मेरी सासूलाई त्यो कुरा भनेँ तर उनले आफ्नो छोराकै बचाउ गरिन्। ऊ एक लजालु केटा हो जो बच्चैदे’खि केटीहरूसँग कुरा गर्न धक मान्थ्यो, ऊ केटा हरू पढ्ने विद्यालय’मा पढ्यो र उसकी दिदीबहिनी पनि छैनन् न त विपरीत लि’ङ्गको कोही साथी नै छ। त्यो स्पष्टीकरणले मलाई तत्कालका लागि केही राहतको अनु भुति दिलायो। तर मैले त्यसबारे सोच्ने क्रम रोक्न सकिनँ।

उनले जवाफ दिए, मलाई कुनै समस्या छैन। उनले के पनि भने भन्दा मैलै उनको ध्यान तान्नुपर्छ र त्यसो गरेर उनको नजिक हुनुपर्छ। मैले निकै आँट गरेँ । मेलै कल्पना गरेकी थिएँ कि मेरो स्पर्शले परि’णाम दिनेछ तर म निराश भएँ। मलाई थाहा थिएन र यसबारे कसलाई सोध्ने ? मलाई एकदमै लाज लाग्यो। त्यसले मलाई सतायो।

प्रतिकृया दिनुहोस्