काठमाण्डौ । जहाँ पुग्दैनन् कवि त्याहाँ पुग्छन् रवि भनेर त्यसै भनिएको होईन । टीवी पत्रकार रवि लामिछाने आज रमेश प्रसाईँको बिहेभोजमा सहभागि हुनकोलागी इटहरीमा पुगेका छन् । रवि अचानक रमेशको बिहेमा पुगेपछि त्याहाँको माहोल नै फरक भएको छ । सबैको नजर रवितिर गएको छ ।
रवि लामिछानेको उपस्थितिले मात्रै पनि रमेश र नन्दाको बिहेमा चार चाँद लागेको छ । दिनभरी रवि रमेशको बिहेमा जाने कुनै चर्चा थिएन । तर रवि पुगे ।
पत्रकार रवि लामिछानेको उपस्थितिले मात्रै पनि रमेशको बिहेको रौनकतालाई बढाएको छ । कोरोना कालमा भएको बिहे भएको हुनाले रविले माक्स लगाएर रमेशको बिहेभोज खान इटहरी पुगेका छन् ।
आज मंसिर २२ गते । आजको दिन रमेश र नन्दाको लगनगाँठो कसिएको छ । आजको यो दिन रमेशका फ्यानहरुकालागी एउटा पर्खाईको दिन थियो । जुन आज पुरा भएको छ ।
आज रमेशले आफ्नी ३ वर्षदेखिको प्रेमीका नन्दालाई सधैं भरिकालागी आफ्नो जीवन संगीनी बनाएका छन् । रमेशको आज भएको बिहेमा देशका ठूला र दिग्गज व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।
भिडियो..
प्रतिकृया दिनुहोस्