काठमाडौं, नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।
छापावाल सुन बिहीबार प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य एक हजारले बढेको हो । मंसिर विवाहकाे माैसम भएकाले पनि सुनकाे मूल्य बढेकाे हाे। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदीको प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सिंजा क्षेत्रका ३७० घरधुरी बाढीपहिराे प्रभावितलाई राहत प्रदान: जुम्लाको सिंजा उपत्यकमा पर्ने तीनवटा गाउँपालिकाका ३७० घरधुरीलाई राहत वितरण गरिएको छ । कनकासुन्दरीका १५० घरधुरी, हिमा गाउँपालिका १२० घरधुरी र सिंजा गाउँपालिका एक सय घरधुरी गरी ३७० घरधुरीलाई बाढीपीडितलाई राहत वितरण गरिएको हो ।
गएको असोज अन्तिम साता अविरल वर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकामा पर्ने तीनवटा पालिका सबैभन्दा धेरै धनजनको क्षति भएको थियो । उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेशनल नेपालको सहयोग त्रिपाल, कम्बल, झुल, पीफम, लेम्प (विजुली), डोरीसहित राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।
प्रतिकृया दिनुहोस्