Sunday, January 29

पल शाहको जेलबाट निस्किए लगतै फ्लिम बनाउने योजनामा, पल शाहको जोडी यी हुनेछिन्

2022-12-08 923

काठमाडौं । पल शाह यतिबेला जेलमा छन् । उनि नेपाली व्यावसायिक अभिनेता र मोडल हुन्। उनको पहिलो भिडियो तिम्रो यादमा रहन्छु अचेल जसले उनलाई चर्चित बनाएको थियो।

उनले नेपाली चलचित्र क्षेत्रमा नाई नभन्नु ल ४बाट पर्दापण गरेका थिए। पछि उनले प्रेम प्रसङ्गयुक्त नाटक चलचित्र म यस्तो गीत गाउँछु, एक्सन चलचित्र जोनी जेन्टलम्यान र पारिवारिक नाटक चलचित्र शत्रु गतेमा अभिनय गरेका थिए।

‘म यस्तो गीत गाउँछु’को सिरिज ‘म यस्तो गीत गाउँछु २’ बन्यो । दशृकले पनि खुबै मन पराए । तर ‘म यस्तो गीत गाउँछु ३ ’ बनाउने सोचमा रहेका निर्माता निर्देशक सुदर्शन थापाले पल जेल जानु अघि भने पल शाह र पूजा शर्माको जोडी नै ‘म यस्तो गीत गाउँछु ३ ’मा दोहोरीने बताएका थिए ।

तर रोमान्टिक लभस्टोरी फिल्म निर्देशनमा स्थापित सुदर्शन थापाको साथमा अहिलेल चकलेटी हिरो पल शाह छैनन् । दोस्रो श्रृंखला रिलिजको मुखमा पल कानुनी झमेलामा फसेका पल कहिले बाहिर निस्कन्छन्, कुनै टुंगो छैन ।

र, ‘म यस्तो गीत गाउँछु ३’ कहिले बन्छ भन्नेमा पनि टुंगो छैन । अहिले सुदर्शनको पाइपलाइनमा तीनवटा फिल्म छन् । ती फिल्मपछि मात्र ‘म यस्तो गीत गाउँछु ३’को बारेमा सोच्न सकिने उनको भनाई छ ।

उनले तेस्रो सिरिजका लागि पललाई पर्खिरहेको आशय पनि व्यक्त गरे । ‘म यस्तो गीत गाउँछु ३’ निर्माणको कुरा के हुँदैछ भन्ने प्रश्नमा निर्देशक थापाले हाल आँफु अन्य प्रोजेक्टमा ब्यस्त रहेका कारण र पल शाह पनि जेलबाट निस्किएपछि थप छलफल गरेर अघि बढ्ने उनले बताए ।

निर्देशक थापाका अनुसार पल निस्केपछि फिल्मका लागि पहिलो रोजाई उनी नै हुनेछन् ।

यो पनि…– जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले मुद्दा चलाउन थालेको छ। कारबाही मात्रै गरेर छोड्ने गरेको प्रहरीले मुद्दा चलाउन थालेको हो।

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

केही दिनअघि मात्रै काठमाडौँको फर्पिङमा ना १ ज ८४६९ नम्बरको जीप चालक काभ्रे पनौतीका ४४ वर्षीय नवराज केसीले जाँडरक्सी खाएर गाडी चलाएको भेटिएको थियो। उनीमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलाएको छ।

लागुऔषध खाएर गाडी चलाएका पाँच जनाविरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो।

प्रतिकृया दिनुहोस्