झापा । प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्ने भएका छन । उनीहरु दुवै दृष्टिविहिन हुन् । आज सोमबार का दिन दुवै को विवाह भब्य हुनेभएको छ ।
आज बिहेकै दिन भनेर नन्दा पनि भरिभराउ भएर सजिएकी छिन ।नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ ।
३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।
अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । ज्ञानेन्द्र शाही र कल्पना बीच रमेशको बिहेमा दोहोरी गजब चलेको दृश्य हेर्नुहोला ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्