Monday, October 2

पुष १ गते देखि नयाँ नियम लागु हुदै, नमाने १ लाख रुपैयाँ जरिवाना

2022-12-08 957

काठमाडौं । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो ।

हिउँदमा काठमाडौँ उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको र यसको मुख्य कारण सवारीसाधनबाट निस्कने धुँवा र खुला रूपमा फोहोर जलाउँदा निस्कने धुँवा भएको विभागले जनाएको छ।

‘हाल सवारीसाधनमा धुँवा परीक्षण गर्दा तोकिएका मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएकामा २०७९ पौष १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँच,

पास हुन नसक्ने सवारीसाधनहरूलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन हुन सबै यातायात व्यवसायी तथा सम्बन्धित सबैमा यो सूचनामार्फत अनुरोध गरिएको छ’, सूचनामा भनिएको छ।

जुनसुकै समयमा वातावरण विभागबाट छड्के जाँच हुन सक्ने र प्रदूषण जाँचपासका रूपमा यसअघि जारी हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचपास नहुने सवारीसाधनलाई समेत उल्लिखित व्यवस्थाबमोजिम जरिवाना लगायतका कारबाही हुने चेतावनी विभागले दिएको छ।

साथै आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुल्ला रुपमा फोहोर जलाउनेलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

हेर्नुहोस् वातावरण विभागले आज जारी गरेको सूचना–

प्रतिकृया दिनुहोस्