काठमाडौं । मंसिर २३ गते, शुक्रबार, सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ। नेपाली बजारमा सात महिनापछि सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी संघले यस दिनको लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ तोकेको छ।
यस अघि गत वैशाख १२ गते, छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो। सोपश्चात नेपाली बजारमा सुन एक लाख रुपैयाँभन्दा मुनि कारोबार भइरहेको थियो। अघिल्लो दिन छापावाल सुन ९९ हजार ७०० रुपैयाँ कारोबार भएकोमा यस दिन प्रतितोला ६०० रुपैयाँ बढेको हो।
यस दिन तेजाबी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ पुगेको छ।
यो पनि… आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर
नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।
उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “
नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
आजको मुद्राको दर यसप्रकार रहेको छ………
प्रतिकृया दिनुहोस्