पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. किरण श्रेष्ठको हृदयाघातका कारण मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार जनरल सर्जरी विभागमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो । उनी बुधबार बिहान डिउटीमा थिए । बिरामीको शल्यक्रिया सकिएपश्चात् श्रेष्ठ अस्वस्थ भएका थिए । त्यसपछि उनलाई आवासमा लगिएको थियो ।
लगत्तै बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बुधबार नै मृत घोषणा गरेको हो । पाँचथरका उनी प्रतिष्ठानमा एमएस प्रथम वर्षमा अध्ययनरत थिए । डा.किरण केहीदेनदेखि अवस्थ रहेको अस्पताल निर्देशक डा.खत्रीले बताए । डा.खत्रीका अनुसार डा.किरणले ग्यास्ट्रिक लगायतका औषधि खाने गरेका थिए ।
मंगलबार उनि विदामा बसेका थिए । म ठिक भएँ भन्दै बुधबार बिहान अस्पतालमा ड्यूटी गर्न आएका थिए । विसञ्चो भएको भन्दै अस्पतालबाट फर्किएर गएपछि पनि ग्यास्ट्रिकको औषधि खाएको पाइएको डा.खत्रीले जानकारी दिए । उनको मृत्यु पश्चात Doctor Story Nepal मा एउटा प्रश्न उठेको छ ।
Doctor Story Nepalफेसबुक पेजमा लेखिएको छ : डा. किरण, हिजो हृदयघातको कारण मृत्यु भएको भन्ने खबर आयो , तर वास्तवमा यो हृदयघात होइन, यो नेपालको चिकित्सा शिक्षा प्रणालीले गरेको हत्या हो । अझै पनि नेपालभरका धेरै मेडिकल कलेजहरूमा रेजिडेन्ट डाक्टर अन्तिम २४-३६ घण्टासम्म सुतेका छैनन्।
विश्वभरि नै डाक्टरमा आत्महत्या गर्ने संख्या धेरै छ । भारतमा मार्च ८ मा एकै दिन ४ जना डाक्टरले देहत्याग गरेका थिए । पछिल्लो एक वर्षमा नेपालमा ६ जनाभन्दा बढी चिकित्सकले देहत्याग गरेका छन् ।
उचित सुविधाको अभाव र बाँच्नको लागि आधारभूत आवश्यकताहरूको अभावका कारण डाक्टरहरूमा आत्महत्याको प्रवृति बढ्दै गएको छ र धेरै डाक्टरहरू देश छाडिरहेका छन्। काठमाडौंको निजामती सेवा अस्पतालकी चिकित्सक डा सुस्मिता पाठक २०२२ अक्टोबरमा एउटा नोट लेखेर ललितपुरको इमाडोलमा देहत्याग गरेकी थिईन ।
नोभेम्बर २०२१ मा, प्रतिभाशाली नेपाली न्यूरो सर्जन डा. सुवास लोहनीले देहत्याग गरेका थिए । एक वर्षअघि पाटन मानसिक अस्पतालमा कार्यरत मनोचिकित्सक डा सुदीप अर्यालले बुढानिलकण्ठको एक होटलमा देहत्याग गरेका थिए ।
यो भन्दा अगाडी जवाहरलाल इन्स्टिच्युट अफ स्नातकोत्तर चिकित्सा शिक्षा तथा अनुसन्धान (JIPMER) का स्नातकोत्तर तहका विद्यार्थी डा के सञ्जीव गुरागाईंले क्याम्पसस्थित आफ्नै होस्टेलको कोठामा शुक्रबार देहत्याग गरेका छन् ।
यी केही उदाहरणहरु मात्र हुन्, विश्वभरि नै डाक्टरमा देहत्याग गर्ने संख्या धेरै छ र नेपालमा अहिले यो बढ्दै गएको छ । मानसिक दबाब, कामको बोझ, कम तलब र अनिन्द्र, हृदयघात र देहत्याग दुवैका लागि जिम्मेवार केही कारण हुन्।
प्रतिकृया दिनुहोस्